सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोरखाका विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण


  •    न्युजभित्तो/५ फाल्गुन २०८१, सोमबार ११:१४ 
  • गोरखा, ५ फागुन । गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

    ‘‘सीपमूलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलालाई व्यवसायसँग जोड्नसके आर्थिक आयआर्जन गरेर आत्मानिर्भर बन्न सक्छन्, उहाँले भन्नुभयो, ‘‘त्यसका लागि सीप अनुसारका प्रविधि उपलब्ध गराएपछि पेसामा जोड्न सहज हुने भएकाले पनि सिलाइ मेसिन वितरण गरिएको हो ।’’

    सिलाइ मेसिन वितरणका लागि अत्यन्तै न्यून आय भएका र थोरै सहयोगबाट पनि जीविकोपार्जनमा जोडिन चाहाने विपन्न महिला वडावडाबाट छनोट गरी नौ जनालाई मेसिन अनुदान सहयोग गरिएको कार्यक्रमकी फोकलपर्सन शोभा दुवाडीले जानकारी दिनुभयो ।

    कार्यक्रममार्फत व्यावसायिक रुपमा सिलाइकटाइ तालिम प्रदान गर्दै आएका केही बहुउद्देश्सीय संस्थालाई पनि उन्नत प्रकारको ‘जुकी’ सिलाइ मेसिन अनुदानमा उपलब्ध गराइएको उहाँको भनाइ छ । चिनारी बहुउद्देश्सीय संस्था, गोरखा उद्योग वाणिज्य सङ्घ र महालक्ष्मी सिलाइकटाइ केन्द्रलाई जुकी मेसिन प्रदान गरिएको उहाँको भनाइ छ ।

    ‘‘यी संस्थाहरुले संस्थागत रुपमा विपन्न महिलालाई सिलाइकटाइ तालिम प्रदान गर्दै आएका छन्, दुवाडीले भन्नुभयो, ‘‘यसबाट महिलालाई पेसा व्यवसाय जोडिन लाग्न मद्दत पुग्छ ।’’त्यस्तै नौमती पञ्चैबाजा बजाउने तालिम लिएका गोरखा नगरपालिका–८, स्थित रानी स्वाँरा आहालटोल विकास संस्था, वडा नं ६ स्थित प्रगतिशिल महिला उद्यमी सङ्घ र वडा नं २ स्थित थापा गाउँ महिला समूहलाई आवद्ध महिलालाई समूहगत रुपमा आयआर्जनसँग जोड्ने यसअघि नौमती प ञ्चै बाजा वितरण गरिएको उहाँले बताउनुभयो ।

    ‘‘गाउँ टोल र छरछिमेकमा हुने पूजाआजा, बिहे व्रतबन्धलगायतका मनोरञ्जात्मक कार्यमा बाहिरबाट नौमती पञ्चै बाजा झिकाएर रमाइलो गर्नुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, ‘‘नगरपालिकाले तालिम दिएर अनुदानमा पञ्चैबाजासमेत उपलब्ध गराएपछि अहिले ती समूहमा आवद्ध महिलाले राम्रो आम्दानी पनि गर्न थालेका छन् ।’’ रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.