सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जलनका घटना जहिले पनि हुन सक्छन्, उपचारका लागि सुविधासम्पन्न अस्पताल बनाऔँ’


  •    न्युजभित्तो/४ फाल्गुन २०८१, आईतवार १४:४१ 
  • काठमाडौँ, ४ फागुन । सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रकान्त भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद भण्डारीले आफू २ वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जलनमा पर्नुभएकामा दुःख व्यक्त गर्दै उहाँहरुको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

    सांसद विन्दाबासिनी कंसाकारले तत्काल जलन विधेयक पारित गरेर जलन उपचार केन्द्र स्थापना गर्न माग गर्नुभयो । “नेपालमा व्यवसायजन्य सुरक्षालाई ध्यान दिइँदैन, जसका कारण उच्चपदस्थ व्यक्तिसमेत दुर्घटनाको सिकार भइरहेका छन्, सुरक्षा नारामै मात्र सीमित हुनु भएन”, उहाँले भन्नुभयो, “जलन जसलाई जहाँ पनि हुनसक्छ, सदनमा मैले दर्ता गराएको जलनसम्बन्धी गैरसकारी विधेयक पारित गरौँ, उपचार केन्द्र स्थापना गरौँ ।”

    सांसद शोभा ज्ञवालीले बर्दियाको मधुवन नगरपालिकामा पछिल्लो एक महिनामा चितुवाको आक्रमणबाट दुई जनाको ज्यान गएको जनाउँदै मृतकका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकरको ध्यानाकर्षण गराउनुभयो । “जङ्गली जनावरको आक्रमणबाट सयौँले ज्यान गुमाएका छन्, सयौँ घाइते छन्, हजारौँ भेडाबाख्रासहित पुशचौपाया र खेतीबाली नष्ट भएको छ”, उहाँले भन्नुभयो, “वन्यजन्तु–मानव द्वन्द्व व्यवस्थापनमा उचित ध्यान दिनुपर्छ, तत्काल सो क्षेत्रमा तारजाली र पर्खाल लगाउन सरकारको ध्यानाकर्षण गराउँछु ।”

    सांसद अब्दुल खाँनले पछिल्लो समय जङ्गली जनावरले घरखेतमै आएर मानिसलाई आक्रमण गर्ने गरेको जनाउँदै जङ्गली जनावरको आक्रमणबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकरको ध्यानाकर्षण गराउनुभयो । “काँडेतार र पर्खाल लगाएर हुन्छ वा बस्ती नै सारेर हुन्छ, बर्दियाका नागरिकको जीउधनको रक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    सांसद अच्युत मैनालीले सुधारगृह यातनागृहका रुपमा परिणत भइरहेको हुँदा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद धवलशम्शेर जबराले नेपालमा धर्म परिर्वतनका लागि अमेरिकाबाट ठूलो रकम खर्च भएको भन्ने सुनिएको जनाउँदै त्यसबारेमा छानबिन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद चित्रबहादुर केसीले अमेरिकामा लुकीछिपी बसेका नेपाली नागरिकको मानवअधिकार रक्षामा नेपाल सरकारले तत्काल उचित संवाद गर्नुपर्नेमा जोड दिनुभयो । “अमेरिकामा गैरकानुनी तबरबाट लुकीछिपी बसेका छन्भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछु”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.