सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा ६१६ नयाँ क्षयरोगी


  •    न्युजभित्तो/४ फाल्गुन २०८१, आईतवार ११:५६ 
  • बनियानी (झापा), ४ फागुन । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । त्यसमा ३७९ पुरुष र २१९ महिला छन् ।

    चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उहाँले बताउनुभयो । क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उहाँले बताउनुभयो ।

    आर्थिक वर्ष २०७९/८० मा एक हजार ४५ र आव २०८०/८१ मा एक हजार २६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उहाँले पछिल्लो समय झापामा क्षयरोगीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “समुदायस्तरमा गएर बिरामीको खोजी गर्ने हो भने रोगीको सङ्ख्या अझै बढ्छ”, उहाँले भन्नुभयो, “सरुवा रोग भएकाले विशेष खोजपड्ताल अभियान चलाउनु जरुरी छ ।” नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो ।

    जिल्लामा फेला नयाँ क्षयरोगी २५ वर्षदेखि ५५ वर्ष उमेर समूहका धेरै छन् । झापाको दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको सङ्ख्या धेरै रहेको स्रोतव्यक्ति दास बताउनुहुन्छ । जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने क्षयरोगको औषधि बिरामीले छ महिनासम्म सेवन गर्नुपर्छ । औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रु ५०० प्रोत्साहन रकम दिने गरिएको छ ।

    सङ्घीय कार्यक्रमअन्तर्गत झापाका तीन पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियानसमेत सञ्चालित छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।

    क्षयरोग के हो ?

    श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग क्षयरोग ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।

    कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन् । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.