सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु


  •    न्युजभित्तो/२ फाल्गुन २०८१, शुक्रबार १२:५२ 
  • सियोल, २ फागुन । दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ । बन्यान ट्री होटलको निर्माणस्थलमा बिहान ११ः०० बजे (०२०० जिएमटी) अघि आगलागी सुरु भएको अधिकारीहरूले बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब १० जना कामदार थिए ।

    राष्ट्रिय दमकल निकायका एक अधिकारीले तीमध्ये छ जनाले ‘हृदयाघात’ को अनुभव गरेका र तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको बताए । अन्य चार जना घाइते भएको र आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको ती अधिकारीले बताए । कामदारहरूले इन्सुलेसन सामग्रीहरू भण्डारण गरेको निर्माणस्थलको पहिलो तल्लामा आगलागी सुरु भएको विश्वास गरिएको दमकल विभागले पत्रकारहरूलाई बताएको छ ।

    दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले सम्बन्धित मन्त्रालयहरूलाई ‘आगो निभाउनका लागि सबै उपलब्ध कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिनुभएको वित्त मन्त्रालयले जनाएको छ ।

    ‘खोज तथा उद्धार कार्यका क्रममा क्षति रोक्न हरसम्भव प्रयास गर्नुका साथै दमकलकर्मीहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्छ’, चोईले भने । यो घटना एयर बुसानको विमानमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लागेको केही हप्तापछि भएको हो । उक्त आगलागीमा १७६ जनाले विमान छोड्नुपरेको थियो र सात जना घाइते भएका थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’
    खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
    मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन
    • एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
    • भ्रष्टाचार नियन्त्रण आफँैबाट सुरु गर्न युवा पुस्ताको जोड
    • भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल
    • सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.