सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निकुञ्जमा बाघको आहाराको अनुगमन


  •    /१५ बैशाख २०७६, आईतवार १४:२४ 
  • चितवन :

     

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन शुरु गरिने भएको छ । मृग प्रजातिसँगै निलगाई, बँदेललगायतको अवस्थाको बारेमा थाहा पाउन सोमबारबाट अनुगमन गर्न लागिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर गणना गर्ने (ट्रान्जिट लाइन÷डिस्टेन्स स्याम्पलीङ म्याथर्ड) बाट अनुगमन गरिँदैछ । निकुञ्जलाई चार भागमा विभाजन गरेर छ वटा समूह बनाएर अनुगमन गरिने घिमिरेले बताउनुभयो ।

    खगेन्द्र मल्ली र कसरा क्षेत्रमा दुई÷दुई समूह परिचालन गरिँदै छ भने सौराहा र अमलटाँरीमा एक÷एक समूह परिचालन गरिँदै छ । एउटा समूहमा हात्तीसहित छ जना परिचालन हुने उहाँले बताउनुभयो । १५ देखि २० दिन लगाएर निकुञ्ज पूरैलाई समेट्ने गरी अनुगमन गरिँदैछ । घिमिरेका अनुसार निकुञ्जको नक्सालाई विभाजन गरेर सबै ठाउँमा टोली पुग्ने गरी अनुगमन गर्ने तयारी गरिएको छ ।

    यसबाट कति क्षेत्रफलमा बाघको आहारा के कति छ भन्ने बारेमा यकिन जानकारी लिन सकिने अपेक्षा गरिएको छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका छन् । घिमिरेका अनुसार एउटा बाघलाई एक वर्षमा ५० वटा जनावर आवश्यक पर्ने गर्दछ ।

    उहाँले निकुञ्जको पूरै क्षेत्रफलमा बाघका आहारा प्रजातिको घनत्व पत्ता लगाई आवश्यक सुधारका काम गर्न सकिने बताउनुभयो । बाघको आहारा प्रजाति हाल कति रहेको छ र वार्षिक कति बढ्नसक्छ त्यसको आँकलन पनि यस अनुगमनबाट गर्न सकिनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.