सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र


  •    न्युजभित्तो/३० माघ २०८१, बुधबार १६:०६ 
  • चितवन, ३० माघ । पोल्ट्री व्यवसायीले भारतमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् । नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै व्यवसायीले आज गृहमन्त्रीलाई भेटी सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् ।

    भेटका क्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनका प्रमुखहरूलाई आजै बोलाएर सीमा क्षेत्रबाट अवैध रूपमा कुनै पनि पोल्ट्रीजन्य पदार्थ भित्रिन नदिन निर्देशन दिने बताउनुभयो । यसअघि पनि यो विषयमा जानकारी प्राप्त गरेको भन्दै उहाँले नेपालमा रोग भित्रिन नदिन प्रशासनले गर्ने काममा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो ।

    पोखरेलले भन्नुभयो, “गृहमन्त्रीले हामीलाई आश्वस्त पार्नुभएको छ, हामी ढुक्क भएर फर्किएका छौँ ।” उहाँका अनुसार भारतको उत्तर प्रदेश र विहारमा बर्डफ्लु देखिएको छ । नेपालका सीमा क्षेत्र र नजिकका बजारमा ३० प्रतिशतभन्दा बढी भारतीय सेतो अण्डा आउने गरेकाले सीमामा कडाइ गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । रोगको जोखिम र नेपालीको अण्डाको बजार समेत प्रभावित हुने भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पोखरेलले बताउनुभयो ।

    भेटका क्रममा पोल्ट्री व्यवसायी मञ्चका तर्फबाट निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र सङ्घका अध्यक्ष पोखरेलले मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका लामिछानेका अनुसार अण्डा, मासु र चल्ला सीमा क्षेत्रबाट खुल्ला रूपमा भित्रिरहेका छन् । सुरक्षा निकायले सीमा क्षेत्रमा कडाइ नगरेपछि मन्त्रीलाई भेट्नुपरेको उहाँले बताउनुभयो ।

    भेटमा सङ्घका महासचिव भेषराज अर्यालसहित पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.