भरतपुर, २९ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमसहित आज मङ्गलबार विद्यालयमा सम्पन्न भएको छ । ३४ औँ वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष अर्पण पोखरेलले विकासको लागि दक्ष जनशक्ति विद्यालयबाट नै उत्पादन हुने भएको हुनाले हरेक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
संस्थागत विद्यालयहरुले आफ्ना नजिकका सामुदायिक विद्यालयहरुलाई विभिन्न सहयोग गर्दै शैक्षिक गुणस्तर उकास्नको लागि सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख अतिथि पोखरेलले शैक्षिक विकासमा सामुहिक एकताको आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) चितवनका अध्यक्ष मदन पुरीले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयहरुको उल्लेख योगदान गरेको स्मरण गर्दै शैक्षिक क्षेत्रमा विद्यार्थी, शिक्षक र विद्यार्थीहरू खुसी भएर अगाडि बढ्ने वातावरण तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले राज्यले सामूदायिक विद्यालय र संस्थागत विद्यालयबीच विभिन्न विभेद उत्पन्न गरेको भन्दै समान व्यवहार गरेर अगाडि बढाउन आग्रह गर्नुभयो।
कार्यक्रममा होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले अभिभावकहरुको सल्लाह र सुझावले नै विद्यालयको प्रगति हुने भएको हुनाले विद्यालयमा बारम्बार सुझाव दिनुपर्ने आवश्यकता औंल्याउँनुभयो।
३४ औं वार्षिकोत्सबमा समारोहमा सर्प संरक्षण, मानव सेवा , कला सँस्कृतिको संरक्षणमा विशिष्ट योगदान गरेकोले समाजसेवी यामलाल भण्डारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयमा विशिष्ट योगदान गर्ने विद्यालयका शिक्षकहरु प्रतिक चापागाईं, शान्ति ऐडी र कर्मचारी हिरामाया गुरुङलाई पनि सम्मान गरिएको थियो । यसैगरी कक्षा १० का छात्र सन्तोष खत्रीलाई वर्ष विद्यार्थी २०८१ को उपाधि प्रदान गरिएको थियो ।
होली भिजन पब्लिक स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, अभिभावकहरु यामलाल भण्डारी, मुना तामाङ,विद्यार्थीहरु स्वस्तिका पाठक, सङ्गम चौधरी, आर्या पाण्डे, सरोजना कुइकेल, प्रेजु दवाडी, पूर्णिमा ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक र खेलकूदतर्फका पुरस्कार प्रदान गरिएको थियो भने विद्यार्थीहरुले नाटकलगायत विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा विभिन्न विधाहरुमा विद्यार्थीहरुलाई पुरस्कार र अनुकरणीय कार्य गरेर मेरिट कार्ड विजेता विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले माघ २६ गते खुल्ला रक्तदान कार्यक्रम र माघ २८ गते टोल सरसफाई कार्यक्रमलगायतका कार्यक्रमहरु सम्पन गरेको थियो । वि स २०४८ सालमा स्थापना भएको होली भिजन पब्लिक स्कुलमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुदैँ आएको छ ।