सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका पाँच पालिकाका किशोरीले लगाए एचपिभी खोप


  •    न्युजभित्तो/२९ माघ २०८१, मंगलवार १७:०४ 
  • चितवन, २९ माघ । जिल्लामा रहेका सात पालिकामध्ये पाँच पालिकामा एचपिभी खोप अभियान सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबाहेक अन्य पाँच पालिकामा अभियानअन्तर्गत खोप कार्यक्रम सम्पन्न भएको हो । ती पालिकाका १० हजार १३२ किशोरीले एचपिभी खोप लगाएका हुन् ।

    जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार खैरहनी नगरपालिकाका दुई हजार ७२८, राप्ती नगरपालिकाका दुई हजार ९०७, कालिका नगरपालिकाका दुई हजार २२७, माडी नगरपालिकाका एक हजार ४३ र इच्छाकामना गाउँपालिकाका एक हजार २२७ किशोरीले खोप लगाएका हुन् । यही माघ २२ गतेदेखि सुरु गरिएको अभियान अहिले रत्ननगर र भरतपुरमा जारी रहेको उहाँले जानकारी दिनुभयो ।

    जिल्लामा हालसम्म सातै पालिकाका २५ हजार ५६ किशोरीले एचपिभी खोप लगाएका छन् । कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीले खोप लगाएका हुन् । केसीका अनुसार भरतपुरका ११ हजार ६८४ र रत्ननगरका तीन हजार २४० ले खोप लगाइसकेका छन् । रत्ननगरमा आगामी फागुन १ गतेसम्म र भरतपुरमा फागुन ३ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

    जिल्लाका ४४६ खोप केन्द्रबाट यहाँका ३१ हजार ५७० किशोरीलाई एचपिभी खोप दिने लक्ष्य लिइएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि १० देखि १४ वर्ष उमेर समूहका ती किशोरीहरुलाई खोप दिइएको हो । जिल्लाका खोप केन्द्रमा ४५६ स्वास्थ्यकर्मी र ९१२ स्वयमसेवक परिचालन गरिएको छ । यो खोपका लागि नेपालमा आर्थिक वर्ष २०७२÷७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.