सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिमकोट बजार अनुगमनः म्याद गुज्रेका सामग्री बरामद


  •    न्युजभित्तो/२९ माघ २०८१, मंगलवार ११:१२ 
  • सिमकोट (हुम्ला), २९ माघ । हुम्लाको सदरमुकाम सिमकोट बजार सोमबार अनुगमन गरिएको छ । यहाँ सञ्चालित मासु, दैनिक उपभोग्य खुद्रालगायत सामग्रीको अनुगमन गरी म्याद गुज्रेका सामग्री बरामद गरिएको हो ।

    बजार अनुगमनका क्रममा विभिन्न पसलबाट रु १५ हजार मूल्य बराबरको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर विष्टले जानकारी दिनुभयो । सडेका मासु, दैनिक उपभोग सामग्रीमा सीमा नाघेका वस्तु, पेयपदार्थ र पत्रुखाना बरामद गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

    सदरमुकाम क्षेत्रका ११ वटा पसलमा अनुमगन गर्दा उपभोक्तालाई सामान बिक्रीको बिल नदिने गरेको पाइएकाले सचेत गराइएको विष्टको भनाइ छ । जिल्लाभरका स्थानीय व्यापारीले सामग्री बिक्री गरिसकेपछि उपभोक्तालाई अनिवार्य बिल दिने व्यवस्था गर्नुपर्नेमा सचेत बनाए उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभयो ।

    “तरकारी, मासु, मदिरा, चुरोट, भाँडादेखि लत्ताकपडा सबै एउटै पसलबाट बिक्री गर्दै आएका पायौँ । उपभोक्ताले स्वस्थ खानेकुरा उपभोग गर्न पाउने अधिकार भए पनि यहाँका कतिपय व्ययसायीले नियमविपरीत व्यापार गरिरहेका छन्”, उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख विष्टले भन्नुभयो, “अधिकांश व्यवसायीले मूल्यसूची नटाँसिएको, लेखापरीक्षण नगरेको, करचुक्ता नभएको, पुँजी कम देखाएर कारोबार गरेको पाइयो । सबैलाई नियमानुसार व्यवसाय सञ्चालनक लागि निर्देशन दिएका छौँ । निर्देशन कार्यान्वयन भएरनभएको बारे आगामी दिनमा पुनः अनुगमन गरी कडाइ गर्नेछौँ ।”

    अनुगमनमा जिल्ला प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको उपस्थित थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.