सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकुना हात्ती गोली प्रकरणः छानविन गर्न गठित समिति चितवनमा


  •    न्युजभित्तो/२८ माघ २०८१, सोमबार १३:५२ 
  • चितवन, २८ माघ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले गोली हानेर जंगली हात्ती मकुना मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन आएको छ । घटनाको छानबिन गर्न वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वको टोली चितवन आएर सरोकारवाला पक्षसँग छलफल थालेको छ ।

    समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर घटनाको अनुसन्धान थालिएको छानबिन समितिका संयोजक डा.पौडेलले जानकारी दिए । सो समितिले आज विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसँग छलफल गरेको छ । आज नै सो समितिले निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, निकुञ्जका अधिकारी तथा नेपाली सेनासँग छलफल गर्ने समिति संयोजक डा।पौडेलले जानकारी दिए ।

    गत शुक्रबार बनेको छानबिन समिति चितवनमा दुई दिनसम्म रहनेछ । भोलि पूर्वी सेक्टर सौराहासहित घटनास्थल कुमरोज सामुदायिक वन क्षेत्रमा जाने योजना समितिको रहेको डा।पौडेलले जानकारी दिए । सौराहाका होटल तथा पर्यटन व्यवसायीसँग पनि बसेर निजी हात्तीको व्यवस्थापनबारे छलफल गर्ने योजना समितिको छ ।

    चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर माघ २३ गते भाले जंगली हात्ती मकुनालाई गोली हानेर मारेको थियो । निकुञ्जको कोर क्षेत्रमा धपाउन गएको टोली माथि जंगली हात्ती मकुनाले आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको दावी गरेको छ ।

    सहसचिव डा पौडेलको नेतृत्वमा बनेको ५ सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा। दिनेश शाह रहेका छन् ।

    गत साउनदेखि सौराहा क्षेत्रमा देखिन थालेको मकुनाले मानवीय क्षति भने गरेको थिएन । तर, सौराहाका व्यवसायीले पालेका पोथी हात्ती खोज्दै मकुना प्रायः जसो सौराहा क्षेत्रमा आउने गरेको थियो । घाँटीमा गोली हानेर सेनाले हात्ती मारेको घटनाको संरक्षणकर्मीहरुले विरोध गरेका छन् । जंगली भाले हात्ती मार्ने कामले सौराहाको हात्ती प्रजनन् केन्द्रलाई समेत असर गर्ने उनीहरुको तर्क छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.