मुगु अस्पतालमा ब्लड बैंक नहुँदा बिरामीहरुलाई रगत अभाव
न्युजभित्तो/२७ माघ २०८१, आईतवार १७:०९
काठमाडौं, २७ माघ । मुगु जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा गम्भीर बिरामीहरुलाई समयमा रगत उपलब्ध गराउन मुस्किल भइरहेको छ।
आकस्मिक रुपमा रगत आवश्यक परेमा बिरामीका आफन्त वा स्थानीय व्यक्तिहरुसँग गुहार्नुपर्ने बाध्यता छ। अस्पतालमा रक्तसन्चार सेवा नभएकोले गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालकै चिकित्सक वा अन्य कर्मचारी बाट रगत डोनेट गर्ने व्यवस्था मिलाएको अस्पतालमा कार्यरत चिकित्सकहरु बताउँछन् ।
अस्पतालमा दैनिक आकस्मिक तथा सामान्य बिरामीहरूको चाप बढ्दै गएको छ। तर, ब्लड बैंक नहुँदा रगत आवश्यक परेका बिरामीका आफन्तहरू टाढासम्म खोज्न जानुपर्ने अवस्था छ।
यो समस्या समाधानका लागि प्रदेश सरकार तथा संघीय सरकारको तत्काल ध्यान जान आवश्यक रहेको सरोकारवालाहरु बताउँछन्। १५ शैय्याको यस अस्पतालमा दुई जना विशेषज्ञसहित १० जना चिकित्सक कार्यरत छन्।