सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुगु अस्पतालमा ब्लड बैंक नहुँदा बिरामीहरुलाई रगत अभाव


  •    न्युजभित्तो/२७ माघ २०८१, आईतवार १७:०९ 
  • काठमाडौं, २७ माघ । मुगु जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा गम्भीर बिरामीहरुलाई समयमा रगत उपलब्ध गराउन मुस्किल भइरहेको छ।

    आकस्मिक रुपमा रगत आवश्यक परेमा बिरामीका आफन्त वा स्थानीय व्यक्तिहरुसँग गुहार्नुपर्ने बाध्यता छ। अस्पतालमा रक्तसन्चार सेवा नभएकोले गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालकै चिकित्सक वा अन्य कर्मचारी बाट रगत डोनेट गर्ने व्यवस्था मिलाएको अस्पतालमा कार्यरत चिकित्सकहरु बताउँछन् ।

    अस्पतालमा दैनिक आकस्मिक तथा सामान्य बिरामीहरूको चाप बढ्दै गएको छ। तर, ब्लड बैंक नहुँदा रगत आवश्यक परेका बिरामीका आफन्तहरू टाढासम्म खोज्न जानुपर्ने अवस्था छ।

    यो समस्या समाधानका लागि प्रदेश सरकार तथा संघीय सरकारको तत्काल ध्यान जान आवश्यक रहेको सरोकारवालाहरु बताउँछन्। १५ शैय्याको यस अस्पतालमा दुई जना विशेषज्ञसहित १० जना चिकित्सक कार्यरत छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.