सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुरोट, बिँडी नखाने मानिसमा पनि फोक्सोको क्यान्सर बढ्दै, वायु प्रदूषण मुख्य कारण


  •    न्युजभित्तो/२४ माघ २०८१, बिहीबार १२:२८ 
  • काठमाडौँ, २४ माघ । पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार चुरोट बिँडी नखाने महिला र विशेषगरी दक्षिण–पूर्वी एशियाका मानिसहरूमा फोक्सोको क्यान्सर धेरै देखिएको छ ।

    यसअघि विशेषगरी चुरोट बिँडी खानेहरूमा फोक्सोको क्यान्सर देखिने गरेकोमा अहिले बढ्दो वायु प्रदूषणका कारण नखाने मानिसहरूमा पनि देखिएको अध्ययनको निष्कर्ष छ । कहिल्यै पनि चुरोट बिँडी नखाएका मानिसमा पनि फोक्सोको क्यान्सर देखिनुमा वायु प्रदूषण नै मुख्य कारण भएको अध्ययनको निष्कर्षमा उल्लेख छ ।

    फोक्सोको क्यान्सर संसारमा धेरै हुने क्यान्सरमध्ये एक हो । सन् २०२२ मा फोक्सोको क्यान्सरबाट संसारमा २५ लाख जना मानिसले ज्यान गुमाएका थिए । अनुसन्धानकर्ताहरूले वायु प्रदूषणसँग सम्बन्धित ‘एडेनोकार्सिनोमा’ को सबैभन्दा उच्च स्तर पूर्वी एशिया, विशेषगरी चीनमा पत्ता लागेको बताएका छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.