सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्जुन ट्रफी क्रिकेटः काठमाडौँद्वारा बुटवल पराजित


  •    न्युजभित्तो/२३ माघ २०८१, बुधबार १५:१० 
  • फाप्ला (कैलाली), २३ माघ । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा क्रिकेट एक्सलेन्ट सेन्टर काठमाडौँले बुटवललाई पराजित गरेको छ । काठमाडौँले पहिले जित दर्ता गर्ने क्रममा न्यू होराइजन बुटवललाई छ विकेटले हराएको हो ।

    बुटवलले दिएको एक सय एक रनको लक्ष्य पछ्याएको काठमाडौँले १७ दशमलव चार ओभर चार विकेट गुमाउँदै जित हासिल गरेको हो । काठमाडौँका शुभ कङ्शाकरले नटआउट हुँदै ५६ रन बनाए । उनी प्लेयर अफ द म्याचसमेत घोषित भएका छन् । बुटवलका तुलबहादुर थापाले दुई विकेट लिए ।

    यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय रन बनाएको थियो । बुटवलका प्रतीक श्रेष्ठले ३७ रन बनाए । काठमाडौँका राज शाह र सूर्य तामाङले समान तीनरतीन विकेट लिए ।

    यो जितसँगै दुई खेल खेलेको काठमाडौँ दुई अङ्कसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । बुटवल दुई खेलमा दुई अङ्कसहित दोस्रो स्थानमा छ । प्रतियोगितामा देशभरका आठ वटा क्लब सहभागी छन् ।

    विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश भएको यो प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.