सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ


  •    न्युजभित्तो/२२ माघ २०८१, मंगलवार १५:४३ 
  • काठमाडौँ, २२ माघ । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ परेका छन् ।
    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका–५ का २६ वर्षीय अर्जुन गुरूङ, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बाट ब्राउनसुगरसहित सोही नगरपालिका–४ मैनवार का १७ वर्षीय एक किशोर, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बोकेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–३ का २२ वर्षीय सुरेन्द्र राई, चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकबाट नियन्त्रित लागुऔैषध ट्रामाडोललगायत अन्य मोनोद्दिपक औषधि र नगद रु आठ हजार ४०० सहित दुई जनालाई पक्राउ गरिएको हो ।

    यसैगरी, कैलालीको गौरीगङ्गा नगरपालिका–११ झन्झटपुरस्थित घुम्ती पसलबाट गाँजासहित चार जनालाई सोमबार साँझ पक्राउ गरिएको छ ।

    सुन जस्तो देखिने धातुका रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, एक एकथान सिक्री, औँठी र बाला ९८ ग्राम तौलको सुन जस्तो देखिने धातुसहित काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ पक्राउ परेकी छन् ।

    थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौँ आएकी गुरूङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोही दिन साँझ पक्रा गरिएको हो ।

    चार सय २९ किलो ग्राम गाँजा बरामद

    यसैबीच, धरान उपमहानगरपालिका–६ पानमारा जङ्गलस्थित सडकबाट चार सय १० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा।१५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

    यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट १९ किलोग्राम गाँजा बरामद भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.