सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा साढे ३१ हजार किशोरीलाई एचपीभी खोप दिइँदै


  •    न्युजभित्तो/२२ माघ २०८१, मंगलवार ११:२४ 
  • चितवन, २२ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीहरुलाई एचपीभी खोप दिने अभियान आजदेखि सुरु हुँदै छ । फागुन ६ गतेसम्म देशभर सञ्चालन हुने यो अभियानअन्तर्गत चितवनमा साढे ३१ हजार किशोरीहरुलाई एचपीभी खोप दिइँदै छ ।

    यो अभियानसँगै एचपीभी खोपलाई नियमित खोप सेवामा समेत समावेश गरिनेछ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म पढ्ने छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप दिइनेछ ।

    विश्व क्यान्सर दिवसको अवसरमा देशभर तोकिएको उमेर समूहका किशोरीलाई एचपीभी खोप दिने अभियान सञ्चालन हुन लागेको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए । उनका अनुसार चितवनमा ३१ हजार ५७० किशोरीलाई खोप लगाइनेछ । जसमा विद्यालय जाने ३० हजार १९२ जना र विद्यालय नजाने एक हजार ३७५ जना रहेका छन् । विद्यालय जाने किशोरीलाई विद्यालयमै र विद्यालय नजाने किशोरीलाई स्वास्थ्य केन्द्रमा खोप लगाइने उनले जानकारी दिए ।

    खोप अभियानका लागि चितवनमा ४३३ वटा विद्यालयलाई खोप केन्द्रका रुपमा प्रयोग गरिने उनले बताए । जिल्लामा ४५५ जना स्वास्थ्यकर्मी र ९१० जना स्वयमसेवक परिचालन गरिने उनले जानकारी दिए ।

    जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन एचपीभी ९ह्युमन प्यापिल्लोमा भाइरस० नामक भाइस विरुद्ध दिने खोप हो । एचपीभी भाइरस २०० भन्दा बढी प्रजातिका हुने उनी बताउँछन् । मानव शरिरमा क्यान्सर गराउने प्रजातिहरु १२ प्रकारका हुन्छन्, ती हुन् ः १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१, ५२, ५६, ५८ र ५९ । यी मध्ये सबैभन्दा बढी जोखिम १६ र १८ प्रजातिबाट हुने अध्ययनले देखाएको छ ।

    नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ / १८ प्रजातीबाट भएको पटेलले जानकारी दिए । उनका अनुसार नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ जना अर्थात् औसत दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउनु परेको देखिन्छ ।

    ‘एचपीभी खोप किशोरीलाई एक मात्रा दिइने छ । एक मात्रामा ०.५ मिलि हुन्छ । यो खोप सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागको मासुभित्र दिइन्छ’, पटेलले भने । अभियानसँगै नियमित खोप सेवामा सिकोलिन एचपीभी खोप प्रयोग गरिन्छ । यो खोपले प्रजाती १६ र १८ का कारणले हुने पाठेघरको मुखको क्यान्सर रोग न्युनिकरण प्रवभाकारी हुने अध्ययनले देखाएको उनले बताए ।

    यो खोप विशेषत नौ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई दिइन्छ । यो खोप एक मात्रा लगाएपछि यसको पूर्णमात्रा हुन्छ । विगतमा एक मात्रा एचपीभी खोप लगाएका किशोरीले अर्को मात्रा लगाउन जरुरी नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.