सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली


  •    न्युजभित्तो/१८ माघ २०८१, शुक्रबार ११:२४ 
  • नवलरासीमा, १८ माघ । पश्चिम नवलरासीमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । प्रहरीले हिजो (बिहीबार) बेलुका करिब ८ बजे गोली चलाउँदा लागुऔषध कारोबारी घाइते भएका छन् । उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवं डीआईजी दिनेशकुमार आचार्यका अनुसार पक्राउ पर्ने व्यक्ति सोही स्थानका ५२ वर्षीय राजेश लोनिया हुन् । लोनियाको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ । अर्का एक व्यक्ति फरार छन् । लागुऔषध कारोबारीले प्रहरीमाथि गोली हान्ने प्रयास गरेपछि प्रतिकार गरिएको प्रवक्ता आचार्यले जानकारी दिए ।

    रामग्राम नगरपालिका–१२, पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएको थियो । लोनियाको घरबाट लागुऔषध नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । उनले घरमा लागुऔषध राखेको सूचना पाएपछि प्रहरीको पाँचजनाको टोली त्यहाँ पुगेको थियो ।

    लोनियाको बायाँ साप्रामा एक राउन्ड गोली लाग्दा उनी घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं डीएसपी रेशम बोहराले राससलाई जानकारी दिएका छन् ।

    जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उक्त स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिइएको सूचना अधिकारी बोहराले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.