सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ड्युटीमा निदाउँदा पुलिसको कुकुरलाई पर्‍यो महँगो, काटियो बोनस


  •    न्युजभित्तो/१६ माघ २०८१, बुधबार १५:५३ 
  • काठमाडौँ, १६ माग । चीनमा पुलिसको एउटा कुकुर हालै कारबाहीमा पर्‍यो र उसले वर्षान्तमा पाउनुपर्ने बोनस काटियो । फुजाई नामक उक्त कुकुरको बोनस काटिनुको कारण चाहिं अचम्मकै छ । वास्तवमा ड्युटीको क्रममा निदाउनु र आफ्नै खानेकुराको कचौरामा पिसाब फेर्नु उक्त कुकुरका लागि महँगो सावित भयो । त्यसकै सजाय स्वरुप फुजाईको वार्षिक बोनस कट्टी गरिएको हो ।

    सन् २०२३ को अगष्ट २८ मा जन्मिएका फुजाईलाई केवल दुई वर्षको उमेरमै शेंडोंग प्रान्तस्थित वेइफांग पुलिस कुकुर तालिम केन्द्रमा भर्ती गरिएको थियो । चांगले काउन्टी पब्लिक सेक्योरिटी ब्युरोका प्रशिक्षक झाओ किंगशुआईले उक्त कुकुरलाई एक पार्कमा देखेका थिए र त्यसमा पुलिस कुकुर बन्ने क्षमता रहेको उनले भेउ पाए । तत् पश्चात् उनले बम पत्ता लगाउने तालीम उक्त कुकुरलाई दिए । अन्ततः गतवर्षको जनवरीबाटै उसले विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरको रुपमा काम गर्न सुरु गर्‍यो ।

    फुजाईको माया लाग्दो अनुहार तथा सानो कदले उसलाई चीनमा छिटै नै इन्टरनेट जगतको स्टार बनाइदियो । गत अक्टोबरमा उसले आधिकारिक रुपमा पुलिस कुकुरको रुपमा आफ्नो तालीम पूरा गर्‍यो ।

    सोसल मिडियामा रहेको कर्गी पुलिस डग फुजाई एण्ड इट्स कमरेड्स नामक अकाउन्टमा उसका गतिविधिहरु शेयर गर्ने गरिएको छ। फुजाईको उक्त सोसल मिडिया अकाउन्ट वेइफांग पब्लिक सेक्योरिटी ब्युरोले व्यवस्थापन गर्ने गरेको छ ।

    सजायको घोषणा

    फुलाईले गतवर्षको जनवरी १९ मा आफ्नो उपलब्धिको खुसी मनाएको थियो । उसलाई रातो फूल, खानेकुरा तथा खेलौनाहरु दिएर सम्मान गरिएको थियो । एकजना पुलिस अधिकारीले उसको मिहिनेतको सम्मान गर्दै उसले निकै सानदार काम गरेको बताएका थिए ।

    तर, पछिल्ला दिनमा फुजाईका गतिविधि राम्रा रहेनन् । ड्युटीका क्रममा सुत्नु र खानामा पिसाब गरेका कारण उसलाई सजाय दिइयो । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.