सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरद्वरा फोहर मैला व्यवस्थापन सेवा शुल्क निर्धारण


  •    न्युजभित्तो/१६ माघ २०८१, बुधबार १३:५४ 
  • भरतपुर, १६ माघ । भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापन सेवा शुल्क निर्धारण गरेको छ । घर, पसल, होटल, डिपार्टमेन्ट, तरकारी तथा फलफूल मण्डि लगायतका शिर्षकमा फोहरमैला ब्यवस्थापनको फरक-फरक शुल्क निर्धारण गरेको छ । महानगरको कार्यपालिका बैठकले फोहर उत्पादनका आधारमा मूल्य निर्धाण गरेको हो ।

    सबैभन्दा धेरै अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि शुल्क निर्धारण गरिएको छ । चितवनको भरतपुर अस्पताल, दुई मेडिकल कलेजलाई सरसफाई शुल्क मासिक रु ५५ हजार तोकिएको छ । त्यस्तै २ सय शैया सम्मका अस्पताललाई २५ हजार,सय शैया सम्मका अस्पताललाई १८ हजार र ५० शैया सम्मका अस्पतालाई १५ हजार रुपैंया सेवा शुल्क तोकिएको वातावरण शाखा प्रमुख सुरजराज पौडेलले जानकारी दिनुभयो । महानगरले फोहर मैला व्यवस्थापन ऐन २०६८ को दफा ४ (२) अनुसार अस्पतालजन्य फोहर प्रशोधन र व्यवस्थापन गर्ने दायित्व सम्बन्धित अस्पतालको हुने जनाएको छ ।

    यस्तै महानगरपालिकाले सिजी मलको २५ हजार,भाटभटेनीको १५ हजार मासिक शुल्क तोकेको छ । यस्तै जिल्लाका स्तरिय होटलहरुको सरसफाई व्यवस्थापन शुल्क ३ हजार ५ सय देखि ७ हजारसम्म निर्धारण गरिएको छ ।

    उद्योगहरुको २ हजारदेखि ४ हजार, विद्यालय, सरकारी कार्यालयको पाँच सय,तालिम केन्द्र व्यारेक ३ हजार तोकिएको छ । यस्तै माछामासु पसलको ५ सयदेखि २ हजार ७ सयसम्म, किराना पसल ३ देखि ४ सय तोकिएको पौडेलले बताउनुभयो ।

    महानगरपालिकाले प्रति प्लाट १ सय ६० रुपैंयासम्म सरसफाई शुल्क तोकेको छ । यस्तै फेन्सी पसल, कपडा, हार्डवयर, मेसिनरी, जुत्ता चप्पल, एग्रोभेट, बैंक, कलेज सहकारी, मोबाइल पसलको रु १ सय ६० रुपैंया शुल्क तोकेको छ । तर हप्तामा एक दिन फोहर संकलन हुने क्षेत्रमा ५० रुपैंया निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ ।

    भरतपुर महानगरपालिकामा दैनिक ८० टर्नको हाराहारीमा फोहर उत्पादन हुने गरेको छ । सो फोहर महानगरले आँपटारीमा रहेको जलदेवी सामुदायिक वन र पश्चिम चितवनको ध्रुबमा व्यवस्थापन गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.