सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण


  •    न्युजभित्तो/१५ माघ २०८१, मंगलवार १४:१६ 
  • नेपालगञ्ज, १५ माघ । बाँकेका आठ स्थानीय तहमा चिसोको जोखिममा रहेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण गरिएको छ ।

    जिल्लाको नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले उनीहरुलाई शीतलहर र चिसोबाट बचाउन भन्दै एक हजार तीन सय ५९ कम्बल वितरण गरेको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

    “अझै पनि कम्बल वितरण जारी रहेको छ, तर सबै विस्तृत विवरण आएको छैन”, उहाँले भन्नुभयो । वितरण गरिएका कम्बलमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा पाँच सय ८४, कोहलपुर नगरपालिकामा चार सय ७५ र खजुरा गाउँपालिकामा तीन सय थान वितरण गरिएका छन् । यसबाहेक अधिकांश स्थानीय तहका विभिन्न चोकमा आगो ताप्ने प्रबन्धसमेत गरिएको छ । केही ज्येष्ठ नागरिकलाई फाइबर सिरकसमेत वितरण गरिएको थियो । माघको दोस्रो साताबाट चिसो बढेपछि उनीहरुलाई कम्बल वितरण गरिएको हो ।

    केही दिनअघि बसेको बाँकेको विपद् व्यवस्थापन समितिले वन डिभिजन कार्यालयसँग सहुलियत दरमा दाउरा खरिद गरेर चिसोमा आगो ताप्ने प्रबन्ध गर्ने निर्णय गरेको थियो । अहिलेसम्म चिसो बढेपछि करिब ६१ क्विन्टल दाउरा खरिद गरेर जिल्लाका विभिन्न स्थानीय तहमा वितरण गरिएको छ । सूचना अधिकृत ज्ञवालीले जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा २०, खजुरा गाउँपालिकामा दुई सय, जानकी गाउँपालिकामा तीन सय ५०, राप्तीसोनारीमा एक सय, जिल्ला विपद् व्यवस्थापन समितिमा दुई सय र नेपाल रेडक्रस सोसाइटी बाँकेमा एक सय कम्बल मौज्दात रहेका छन् ।

    चिसो बढेपछि यहाँका निजी तथा सरकारी विद्यालयले यही माघ ९ देखि १३ गतेसम्म जाडो बिदा दिएका थिए । दिनहुँजसो बिहानको समयमा नेपालगञ्ज आसपासमा बाक्लो हुस्सु लाग्ने गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.