सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा महोत्सवका क्रममा काठको मञ्च भत्किँदा सात जनाको मृत्यु, ७५ घाइते


  •    न्युजभित्तो/१५ माघ २०८१, मंगलवार ११:५८ 
  • काठमाडौँ, १५ माघ । भारतको उत्तर प्रदेशको बागपत जिल्लामा ठूलो दुर्घटना भएको छ। बागपतमा भगवान आदिनाथको निर्वाण लड्डू उत्सवमा मान स्तम्भ परिसरमा बनाइएको काठको मञ्च भत्किएको छ। जसबाट सात जना भक्तजनको मृत्यु भएको छ भने ७५ भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। घाइतेमध्ये १५ प्रहरी पनि छन्।

    मञ्च भत्किएपछि घटनास्थलमा भागदौड मच्चिएको थियो। एम्बुलेन्स तत्काल उपलब्ध नभएपछि घाइतेलाई इ–रिक्सामा राखेर अस्पताल लगिएको बताइएको छ। सूचना पाएपछि बरौत कोतवालीका इन्स्पेक्टर पनि प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए।

    भारतीय सञ्चार माध्यमका अनुसार बरौत सहरको कोतवाली क्षेत्रको गान्धी रोडमा यो दुखद दुर्घटना भएको हो।

    आज यहाँ निर्वाण महोत्सवअन्तर्गत धार्मिक कार्यक्रम हुने भएकोले त्यसका लागि यहाँ ६५ फिट अग्लो स्टेज निर्माण गरिएको थियो। मञ्चमा भक्तजनको भीडका कारण यसको सिँढी भाँचिएको थियो। जैन कलेज क्याम्पसमा स्थापित मनस्तम्भमा राखिएको मूर्तिलाई अभिषेक गर्न जडान गरिएका अस्थायी सिँढीहरू खसेको बताइएको छ। जसका कारण भक्तहरू मुनि पुरिएर भागदौड मच्चिएको थियो। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.