सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छाउगोठमा बसेकी महिलालाई बाघको आक्रमण


  •    न्युजभित्तो/१४ माघ २०८१, सोमबार ११:१५ 
  • टीकापुर, १४ माघ । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतिरहेकी एक महिलालाई बाघको आक्रमण गरेको छ ।

    आइतबार राति साढे १० बजेतिर कुइनेस्थित आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले आक्रमण गरेको हो ।

    बिटालु निदाउन लागेकै बेला बाघको आक्रमण भएको र छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भाग्दा बिटालुलाई बचाउन सकिएको कुइनेबाट वीरेन्द्रबहादुर रावलले जानकारी दिए । मानिसको हल्ला र बिजुलीको उज्यालो भएकाले बाघ भाग्यो, बिटालु सामान्य घाइते हुनुहुन्छ, रावलले भने, ‘पञ्जाले टाउकोमा हानेको छ, अनुहारमा घाउ छ, दाँत लगाउन पाएनन् राति भइसकेकाले आज बिहान उपचारका लागि लम्की तिर ल्याउन लागिएको छ ।’ विटालुका श्रीमान् रोजगारीका लागि भारतमा छन् ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिनावारी भएको महिलासँग छुवाछुतको व्यवहार गर्ने, महिनावारी भएको बेला महिलालाई घरभन्दा टाढा राख्ने र महिला बस्ने घर (छाउगोठ) असुरक्षित हुने भएकाले महिलालाई बाघको आक्रमण हुने, बलात्कारको सिकार हुने घटना वर्षौँदेखि हुँदै आएका छन् ।

    मोहन्याल गाउँपालिकामा बाघले यहाँका किसानले पालेका बाख्राहरू, गाईहरू खाने गरेको छ । कर्णाली पारी बर्दिया राष्ट्रिय निकुञ्ज रहेको र मोहन्यालमा पनि जङ्गल क्षेत्र धेरै भएकाले यहाँ बाघ बस्तीमा पसेर आक्रमण गरिरहन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.