ट्रम्पले टिकटक किन्न विभिन्न व्यक्तिसँग छलफल गर्दै
न्युजभित्तो/१३ माघ २०८१, आईतवार ११:३९
अमेरिका, १३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित भिडियो (सर्ट भिडियो) प्लेटमर्फ टिकटक किन्न विभिन्न व्यक्तिसँग छलफल गरिरहेको बताएका छन् ।
“मैले टिकटकबारे धेरै मानिससँग कुरा गरेको छु र यसमा धेरैको चासो छ,” ट्रम्पले शनिबार पत्रकारहरूसँग भनेका छन् । उनले यसको निर्णय ३० दिनभित्र आउने बताएका छन् ।
टिकटक किन्न ट्रम्पले ओराकल र अन्य लगानीकर्तालाई संलग्न गराउने तयारी गरेको रोयर्टसले उल्लेख गरेको छ । ह्वाइट हाउसले गरिरहेको सम्झौताअनुसार टिकटकको मुख्य कम्पनी बाइटडान्सले पनि यसमा सेयर पाउनेछ । तर टिकटकको डाटा संकलन, सफ्टवेयर अपडेटजस्ता काम ओराकलले गर्नेछ ।
ट्रम्पले भने ओराकलसँग सम्झौता नभएको टिप्पणी गरेका छन् ।