सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउन प्राध्यापकलाई तालिम


  •    न्युजभित्तो/१२ माघ २०८१, शनिबार १०:२५ 
  • चितवन, १२ माघः शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउन यहाँ प्राध्यापकहरुलाई तालिम दिईएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीन कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरेको हो ।

    सहभागीहरुलाई माघ ३ देखि ६ गतेसम्म अनलाईन र माघ ६ देखि १२ गतेसम्म एकान्त ठाउँमा रहेको चितवनको काबिलास रिसोर्टमा प्रत्यक्ष सहभागी गराएर तालिम दिएको हो । कार्यक्रम उच्च शिक्षा सुधार कार्यक्रम अन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा गरिएको हो ।

    कार्यक्रममा वनविज्ञान संस्थान अन्तर्गतका हेटौंडा, पोखरा र काठमाडौं क्याम्पसका का २४ जना प्राध्यापकहरूको सहभागिता रहेको थियो । तालिमका प्रमुख सत्रहरूमा आत्मबोधका लागि योग, पाठ्यक्रमलाई बजारको माग सँग जोड्न, शिक्षणलाई सूचना तथा प्रविधि तथा नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकिकरण गर्न सिकाई व्यवस्थापन प्रणाली साथै अनुसन्धान तथा प्रकाशन सम्बन्धी विषयहरू समेटिएका थिए ।

    कार्यक्रमको समन्वय वन विज्ञान अध्ययन संस्थाका सहायक डीन डा. सोनी बरालले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थानका डीन डा. ठाकुर सिलवालले कार्यशालाले शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार गर्दै पठनपाठनलाई बजारको मागसँग जोडने बताउनुभयो ।

    सहभागीहरूले तालिमले उनीहरूको प्राज्ञिक क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने संयोजक बरालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.