शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउन प्राध्यापकलाई तालिम
न्युजभित्तो/१२ माघ २०८१, शनिबार १०:२५
चितवन, १२ माघः शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउन यहाँ प्राध्यापकहरुलाई तालिम दिईएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीन कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरेको हो ।
सहभागीहरुलाई माघ ३ देखि ६ गतेसम्म अनलाईन र माघ ६ देखि १२ गतेसम्म एकान्त ठाउँमा रहेको चितवनको काबिलास रिसोर्टमा प्रत्यक्ष सहभागी गराएर तालिम दिएको हो । कार्यक्रम उच्च शिक्षा सुधार कार्यक्रम अन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा गरिएको हो ।
कार्यक्रममा वनविज्ञान संस्थान अन्तर्गतका हेटौंडा, पोखरा र काठमाडौं क्याम्पसका का २४ जना प्राध्यापकहरूको सहभागिता रहेको थियो । तालिमका प्रमुख सत्रहरूमा आत्मबोधका लागि योग, पाठ्यक्रमलाई बजारको माग सँग जोड्न, शिक्षणलाई सूचना तथा प्रविधि तथा नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकिकरण गर्न सिकाई व्यवस्थापन प्रणाली साथै अनुसन्धान तथा प्रकाशन सम्बन्धी विषयहरू समेटिएका थिए ।
कार्यक्रमको समन्वय वन विज्ञान अध्ययन संस्थाका सहायक डीन डा. सोनी बरालले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थानका डीन डा. ठाकुर सिलवालले कार्यशालाले शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार गर्दै पठनपाठनलाई बजारको मागसँग जोडने बताउनुभयो ।
सहभागीहरूले तालिमले उनीहरूको प्राज्ञिक क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने संयोजक बरालले बताउनुभयो ।