सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङका ११ हजार किशोरीलाई एचपिभी खोप


  •    न्युजभित्तो/९ माघ २०८१, बुधबार ११:३४ 
  • गलकोट (बागलुङ), ९ माघ । यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपिभी लगाइने छ ।
    माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म लगाइनेछ । पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा चार पालिकामा खोप अभियान चलाइने छ । खोप लगाउन तीन सय १५ स्वास्थ्यकर्मी, छ सय २६ जना स्वयंसेविका परिचालन गरिएको छभने तीन सय १२ खोप केन्द्र निर्धारण गरिएको छ ।

    स्त्रीरोग विशेषज्ञ विजय ओझाका अनुसार एक दिनमा नेपालमा चार जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सक्ने बताउनुभयो । ओझाले शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किशोरी छनोट गरिएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.