सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टर्कीमा होटलमा आगो लाग्दा १० को मृत्यु, ३२ जना घाइते


  •    न्युजभित्तो/८ माघ २०८१, मंगलवार १३:४५ 
  • अंकारा, ८ माघ । उत्तरपश्चिमी टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । अरू ३२ जना जलेर घाइते भएको बताइएको छ ।

    धेरै प्रयासपछि दमकलले आगो नियन्त्रणमा लिएको छ । घाइतेहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गरिँदैछ । बोलु प्रान्तको कारतलकाया रिसोर्टको रेस्टुरेन्टमा राति आगलागी भएको टर्कीका मन्त्री अली येर्लिकायाले बताए ।

    आगलागी भएपछि होटलमा कोलाहल मच्चिएको थियो । आगो फैलिएपछि आत्तिएर भवनबाट हाम फाल्ने क्रममा दुई जनाको मृत्यु भएको थियो ।

    घटनाको समयमा होटलमा २३४ जना पाहुना थिए । आगलागीको कारण पत्ता लागेको छैन । यस घटनाको छानबिन भइरहेको छ ।

    घटनास्थलमा ३० वटा दमकल र २८ वटा एम्बुलेन्स पठाइएको थियो । राहत र उद्धार कार्य भइरहेको भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.