सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै


  •    न्युजभित्तो/८ माघ २०८१, मंगलवार ११:१९ 
  • भोजपुर, ८ माघ । जिल्लामा खोरेत रोग उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालनको तयारी थालिएको हो । अभियानमार्फत खोरेत रोग नियन्त्रणका लागि यो वर्ष ८३ हजार बढी पशुलाई खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताउनुभयो ।

    अभियानलाई जिल्लाभर सफल रूपमा सञ्चालनका लागि पहिलो चरणमा जिल्ला प्राविधिक समिति गठन भइसकेको उहाँले बताउनुभयो । यो कार्यक्रमलाई नौवटै स्थानीय तहमा सञ्चालनका लागि अब जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय समिति, पालिका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय स्थानीय आयोजना समिति र वडाध्यक्षको संयोजकत्वमा निगरानी समिति गठन गरेर तल्लोस्तरसम्म सञ्चालन गरिने उहाँले बताउनुभयो ।

    खोरेत रोगसम्बन्धी ८३ हजार पाँच सय ६३ डोज भ्याक्सिन प्राप्त भएको प्रमुख यादवको भनाइ छ । “भोजपुरमा खोरेत रोगसम्बन्धी अभियान सञ्चालन गर्ने तयारीमा छौँ”, प्रमुख यादवले भन्नुभयो, “अहिले हामीले विभिन्न तहको समिति गठन गरेर काम अघि बढाएका छौँ । खोरेत रोग नियन्त्रणका लागि ८३ हजार बढी पशुलाई खोप लगाउने योजना छ ।”

    पशुहरूमा खोरेत रोग नरहेको प्रमाणित नगरिँदा मासु तथा पशुजन्य पदार्थको बाहिरी देशमा निकासीका लागि समस्या रहेको उहाँको भनाइ छ । सरकारको सन् २०३० सम्म खारेत रोग उन्मूलन गर्ने लक्ष्यलाई पूरा गर्न अभियान सञ्चालन गरिएको प्रमुख यादवले बताउनुभयो । स्थानीयका पशु चौपायाको तथ्याङ्क सङ्कलनपश्चात भ्याक्सिनेटरमार्फत आगामी चैतभित्र खोप लगाइसक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

    “खोरेत रोग उन्मूलनका लागि यो कार्यक्रम सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “हामीले हाम्रा पशु चौपायामा खोरेत रोग छैन भन्ने प्रमाणित गर्न नसक्दा मासुलगायत पशुजन्य वस्तु बाह्य देशमा निकासीमा समस्या छ । खोरेत रोग उन्मूलन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको छ ।”

    खोरेतसँगै जिल्लामा पिपीआर भ्याक्सिन एक लाख ३१ हजार एक सय ९२, लम्पी स्किनका नौ हजार, ंबगुरको हैजा रोग नियन्त्रणका लागि क्यासिकल स्वयमफिभर ३७ हजार दुई सय १३ र पशुमा देखिने भ्याउते, चरचरे रोगका लागि एक हजार डोज भ्याक्सिन लगाइने कार्यालयका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.