सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकामा हिउँदे आँधीको चेतावनी, ७ करोड मानिस प्रभावित हुने


  •    न्युजभित्तो/७ माघ २०८१, सोमबार ११:२९ 
  • वासिङ्टन डिसी, ७ माघ । अमेरिकामा चिसोको प्रभाव अझ बढ्ने देखिएको छ । त्यहाँको राष्ट्रिय मौसम सेवाले हिउँदे आँधीको चेतावनी जारी गरेको छ ।

    यसका कारण पूर्वी तटका लाखौँ मानिसहरूले भारी हिमपातको सामना गर्नुपर्ने हुन सक्ने बताइएको छ । उत्तरी पेन्सिलभेनियादेखि मेनको शिखरसम्म देशको धेरैजसो भागमा चिसो फैलिनेछ ।

    मध्य एट्लान्टिकका केही भागहरूमा १५ सेन्टिमिटरसम्म हिउँ पर्न सक्ने चेतावनी राष्ट्रिय मौसम सेवाले दिएको छ । यसबाहेक, न्यु इङ्गल्यान्डमा पनि हिमपात हुने भनिएको छ । म्यासाचुसेट्स, न्यु ह्याम्पशायर, मेन र कनेक्टिकटका केही भागहरूमा १० इन्च ९२५ सेन्टिमिटर० सम्म हिउँ पर्न सक्ने बताइएको छ ।

    आगामी दिनहरूमा न्यु इङ्गल्याण्ड र मध्य–एट्लान्टिक क्षेत्रमा हिउँदे आँधीको चेतावनी जारी हुन सक्ने र यसबाट ७ करोड मानिस प्रभावित हुने मौसमविद् मार्क चेनार्डले भनेका छन् । फिलाडेल्फिया, न्यूयोर्क र बोस्टन जस्ता प्रमुख सहरहरूमा पनि केही इन्चसम्म हिउँ पर्न सक्ने बताइएको छ ।

    डकोटा र मिनेसोटामा माइनस ४० डिग्रीसम्म झर्न सक्ने तापक्रम चेनार्डका अनुसार, पूर्वी अमेरिकाको धेरैजसो भागले यस पटक रेकर्ड गरिएको सबैभन्दा चिसो तापक्रम अनुभव गर्नेछ । उत्तरी डकोटा र मिनेसोटामा तापक्रम माइनस ४० डिग्री फरेनहाइटसम्म झर्न सक्नेछ । ओक्लाहोमा र टेनेसी उपत्यकासम्म दक्षिणमा शून्य डिग्रीभन्दा कम तापमानमा हावा चल्ने बताइएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.