सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति


  •    न्युजभित्तो/३ माघ २०८१, बिहीबार १४:३८ 
  • काठमाडौँ, ३ माघ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट रु दुई करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बाह्रबिसेमा पाँच वटा घर जलेर नष्ट भएका हुन् ।

    आगो नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा निभाइएको थियो । गाउँपालिकाका अध्यक्ष भिम सिङ्थाका अनुसार पाँच घर जलेर नष्ट हुनुका साथै घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्न कसैले झिक्न पाएनन् ।

    आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाले पीडितलाई दुई थान ओड्ने र ओछ्याउने कपडा, भान्सामा प्रयोग हुने सामाग्री र खाद्यान्न वितरण गरेको अध्यक्ष सिङ्थाले बताउनुभयो ।

    अग्नी पीडित आफन्त र छिमेकीको घरमा बसेका छन् । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बु, शुशिल तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । आगलागीबाट पाँच घरका कम्तिमा १७ जना विस्थापित भएका छन् ।

    बुधवार दिउँसो रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन नभएको प्रहरीले जनाएको छ ।

    सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ गैरीस्थित मुक्ति बास्तोलाको घरमा नेचासल्यान–३ बस्ने रमेश बास्तोलाले सञ्चालन गर्नुभएको होटलमा विद्युत् सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा, भाँडा, अन्नपात, गरगहनालगायत अन्य सामाग्री पूर्णरूपमा जलेर नष्ट भएका छन् । उक्त आगलागीबा करिब रु २३ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।

    त्यस्तै, खोटाङको बराहपोखरी गाउँपालिका–५ मौवाबोटे बस्ने ८१ वर्षीय पदमबहादुर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा नगद, सुनका गरगहाना, अन्नपात, लत्ताकपडा, भाँडासहित करिब रु आठ लाख २२ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीस्थित हरी श्रेष्ठको कालिका कपास फ्याक्ट्रीमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा फ्याक्ट्री पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइनसकेको प्रहरीले जनाएको छ ।

    मोरङको सुन्दरहरैँचा नगरपालिका–९ झरनापुलस्थित टप क्वालिटी पाट्र्स सेन्टर ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा को १ च ६६१० नम्बरको कारमा ब्याट्रीको तार सर्ट भई बुधबार राति आगलागी हुँदा कार पूर्णरूपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट करिब रु २५ लाख बराबरको क्षति भएको छ । प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगो निभाइनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.