सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन महोत्सव अन्तर्गत नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल सुरु


  •    न्युजभित्तो/१ माघ २०८१, मंगलवार १७:५६ 
  • चितवन, १ माघ । चितवनको नारायणगढमा क्याम्पाचौर फुड फेस्बिटल सुरु भएको छ । १५ औं संस्करणको चितवन महोत्सव अन्तर्गत नै चितवन महोत्सव र नेवा पुचः नारायणगढको आयोजनामा फुड फेस्टिबल सुरु भएको हो ।

    फुड फेस्टिबलको सोमबार साँझ भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो। फेस्टिबल माघको ७ गतेसम्म चल्ने छ । चितवन महोत्सवको अवसर पारेर सँधै फुड फेस्टिबल गर्ने गरिएको छ ।

    नेवा पुचः नारायणगढका द्दित्तिय उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले चितवनका पर्यटकीय गन्तव्यमा आएका आन्तरिक तथा बाह्य पर्यटकसहित चितवन महोत्सव घुम्न आउनेहरुलाई लक्षित गरी फुड फेस्टिबल सुरु गरिएको बताउनुभयो । फेस्टिबलमा विभिन्न होटल तथा रेष्टुरेन्टहरुले विभिन्न खानाका परिकार बनाएर फेस्टिबलमा आउनेहरुलाई खुवाउने छन् । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकारहरु फुड फेस्टिबलमा उपलब्ध गराइने श्रेष्ठको भनाइ छ ।

    फुड फेष्टिबल हुने क्षेत्रमा विभिन्न आर्कषक झिलिमिली बत्तिहरुसहित सजाइएको छ । फुड फेस्टिबलमा दैनिक साँस्कृतिक कार्यक्रम समेत हुने श्रेष्ठले जानकारी दिनुभयो । फुड फेस्टिबलमा दुई दर्जनभन्दा बढी स्टल रहेका छन् भने स्टल थपिन क्रम जारी छ । फेस्बिटलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्बिटल बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.