दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते न्युजभित्तो/१ माघ २०८१, मंगलवार १६:१३ काठमाडौं, १ माघ । दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। मंगलबार दिउँसो घोराही उपमहानगरपालिका-१० गुर्जेखोलास्थित सडकमा अम्बिकेश्वरी यातायात प्रा.लि.को बसले मोटरसाइकललाई ठक्कर दिएको हो। घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख ११५६ नं.को बसले रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक रूकुम पूर्वका ४० वर्षीय जहरेलाल सुनार र पछाडि सवार ४५ वर्षीया नरमकुमारी सुनार छन्। नरमकुमारी जहरेलालकी भाउजु हुन्। जहरेलालको अवस्था गम्भीर छ। नरमकुमारीको अवस्था मध्यम छ। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ। तपाईको प्रतिक्रिया ताजा अपडेट सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित डिडिसीको बिक्री कक्ष भरतपुरमा भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
काठमाडौं, १ माघ । दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।
मंगलबार दिउँसो घोराही उपमहानगरपालिका-१० गुर्जेखोलास्थित सडकमा अम्बिकेश्वरी यातायात प्रा.लि.को बसले मोटरसाइकललाई ठक्कर दिएको हो।
घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख ११५६ नं.को बसले रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक रूकुम पूर्वका ४० वर्षीय जहरेलाल सुनार र पछाडि सवार ४५ वर्षीया नरमकुमारी सुनार छन्। नरमकुमारी जहरेलालकी भाउजु हुन्।
जहरेलालको अवस्था गम्भीर छ। नरमकुमारीको अवस्था मध्यम छ। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ।