सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्ययनका लागि युरोपका देशमा सेन्ट्रल कलेजबाट सहजै गर्न सकिन्छ प्रोसेस


  •    न्युजभित्तो/१ माघ २०८१, मंगलवार ११:२३ 
  • चितवन, १ माघ । स्टडी इन जापान, अष्ट्रेलिया र कोरियाका लागि अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले युरोपका लागि पनि हब बन्दै गएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले पछिल्लो समय स्टडी इन युरोप पनि प्राथमिकतामा राखेको हो ।

    कलेजले आइतबार युरोपको लुथेनिया देशमा अध्ययन गर्न जान चाहाने विद्यार्थीलाई लक्षित गरेर सेमिनारको आयोजना गरेको छ । लुथेनियाको भिलियन्स युनिभर्सिटीका प्रतिनिधि मिल्डरोय फेरान्डोको उपस्थितिमा समिनार आयोजना गरेको कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । सेमिनारमा ५० बढि विद्यार्थी सहभागि भएको उहांले बताउनुभयो । ‘पछिल्लो समय युरोपका देशहरुमा विद्यार्थी जाने क्रम बढेको छ, उहाँले भन्नुभयो, अध्ययनका लागि सस्तो र स्कलरसिप पनि पाइने भएका कारण विद्यार्थीको आकर्षण बढेको हो । मध्यम बर्गिय परिवारका लागि पनि युरोपमा पढाइ सहज र सस्तो रहेको पौडेलले बताउनुभयो । ‘युरोपका देशहरुमा कमाइपनि राम्रो छ, पढाइ पनि अन्तर्राष्ट्रिय स्तरको छ, डकुमेन्टेसनको धेरै झन्झटपनि छैन,उहाँले भन्नुभयो । आइएलटिएस, पिटिइ गरेका नगरेका दुवै विद्यार्थी युरोपका देशहरुमा जान सक्ने उहाँको भनाई छ ।

    ‘अध्ययनपश्चात वर्किङ भिजा तथा पिआरको समेत प्राप्त गर्न सकिने भएका कारण युरोप राम्रो छ, एउटा देशमा गएपछि युरोपका अन्य देशमा सहजै जान सकिन्छ, प्रिन्सिपल पौडेले भन्नुभयो ।’ जापान, अष्ट्रेलियालाई प्राथमिकतामा राखेको कलेजले पछिल्लो समय विद्यार्थी र अभिभावकको मागलाई लक्षित गरेर युरोपका देशहरुको काम पनि धमाधम गरिरहेको छ ।

    सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा,कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ । कलेजले छिट्टै अष्ट्रेलियाको सिड्नीमा समेत आफ्नो कार्यालय स्थापना गर्दैछ । चितवन,नवलपुरका विद्यार्थीलाई निःशुल्क बस सुविधा दिएको कलेजले आफ्नै सुविधासम्पन्न भवनमा विद्यार्थीलाई अध्यापन गराउँदै आइरहेको छ । सेन्ट्रल गु्रपले स्टडी इन नेपाल भन्दै सेन्ट्रल मोडेल कलेज मार्फत यसबर्षदेखि बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउन सुरु गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.