सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन महोत्सवमा काँचो केराका परिकार


  •    न्युजभित्तो/२६ पुष २०८१, शुक्रबार १६:०९ 
  • चितवन, २६ पुस । तनहुँको देवघाटबाट आउनुभएकी लक्ष्मी तिमिल्सिना नारायणी नदीको किनारमा बनाइएका केराको चिप्स खाँदै हुनुहुन्थ्यो । उहाँले आलुको परिकार जस्तै केराको चिप्स नयाँ स्वादका रूपमा पहिलो पटक अनुभव गरेको सुनाउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबारदेखि सुरु गरेको १५औँ चितवन महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन आउनुभएकी तिमिल्सिनाले आफूले केरा पकाएर खाने गरे पनि खाना र खाजाका रूपमा काँचो केरालाई प्रयोग नगरेकाले नयाँ स्वाद लागेको बताउनुभयो ।

    देवघाटमा व्यवसाय गर्दै आउनुभएकी तिमिल्सिनाले केराजस्तो चोखो जातको परिकार सबै पसलमा पु¥याउन सके व्यवसायीका साथै उपभोक्तालाई पनि फाइदाजनक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “केराको परिकारलाई सबैको पसलमा पु¥याउनु आवश्यक छ ।” महोत्सव अवलोकन गर्न आउनुभएका भरतपुर महानगरपालिका–१२ का युवराज रेग्मी केराको स्वाद लिँदै घाम ताप्दै हुनुहुन्थ्यो । केराका विभिन्न परिकार अवलोकन गर्दै उहाँले भन्नुभयो, “नयाँ स्वाद र अग्र्यानिक परिकारले मन लोभ्यायो । केरा पकाएर मात्रै नभई काँचै पनि विभिन्न परिकार बनाएर खान मिल्ने रहेछ, यो सबैले खान मिल्ने खालको हुँदो रहेछ ।” उहाँले यसको प्रयोग बढाउन सके प्रभावकारी हुने विचार राख्नुभयो ।

    महोत्सवस्थलमा रहेको केराको मःम, चिप्स, अचारलगायत विभिन्न परिकार खान आउनेको घुइँचो थियो । केराका विभिन्न परकारका बारेमा उपभोक्तालाई जानकारी दिने उद्देश्यले महोत्सवमा राखिएको चितवन केरा सङ्घका उपाध्यक्ष शङ्कर सुवेदीले बताउनुभयो । उहाँका अनुसार यहाँ केराको मःम, छोइला, अचार, पकौडा, चिप्सलगायत खाजाका परिकारहरू बिक्रीका लागि राखिएका छन् । जिल्लामा हुने हरेक महोत्सवमा सङ्घको नेतृत्वमा केराका परिकार पस्किँदै आइएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समयमा बढी सेवाग्राही नपाइने भएकाले मेला महोत्सव लक्षित गर्दै आएका हौँ ।”

    दैनिक ३१ जना कर्मचारी राखेर महोत्सव अवलोकनकर्तालाई केराका परिकार चखाउँदै र सिकाउँदै आइएको सुवेदीले जानकारी दिनुभयो । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएकामा ४३ हजार एक सय ९३ मेट्रिक टन उत्पादन हुन्छ । उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने जनाउँदै सङ्घका उपाध्यक्ष सुवेदीले पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको बताउनुभयो । भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ । केराको खपत बढाउन व्यवसायीले मेला महोत्सवहरूमा विभिन्न परिकार बनाउने गरेका छन् । पाकेको मात्रै होइन, काँचो केराको खपत बढाउन सके बजारको समस्या नहुने व्यवसायीको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.