सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन महोत्सवको प्रवद्र्धनका लागि साइक -याली


  •    न्युजभित्तो/२१ पुष २०८१, आईतवार १६:३९ 
  • चितवन, २१ पुष । यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सवको प्रवद्र्धनका लागि साइकल -याली निकालिएको छ ।

    चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल -याली निकालिएको हो ।

    उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीका अनुसार साइकल चलाउने प्रवृत्तिलाई प्रर्वद्धन गरी वातावरण संरक्षणप्रति समुदायलाई सचेत गराई चितवन महोत्सवको प्रर्वद्धन गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको हो ।

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् चितवन महोत्सव मुल आयोजक समितिका संयोजक सुमन कुमार श्रेष्ठ, चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदम बहादुर बानियाँ र साइकल व्यवसायी संघ चितवन–नवलपुरका अध्यक्ष वलराम अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेपछि -याली सुरु भएको थियो ।

    दुई चरणमा गरिएको र्यालीमा पहिलो चरणमा करिव १०० भन्दा बढी र दोश्रो चरणको र्यालीमा ४१ जना सहभागि भएका सुवेदीले जानकारी दिए ।

    सुवेदीका अनुसार उद्योग वाणिज्य संघ ९उवासंघ० चितवन परिसरबाट सुरु भएको पहिलो चरणको र्याली लीला चोक, पोखरा बसपार्क, आँपटारी, बाइपासरोड, केन्द्रीय बस टर्मिनल ९पारस बसपार्क०, हाकिमचोक, चौबिसकोठी, लायन्सचोक, शहिदचोक, पुलचोक हुँदै पुनः उवासंघ परिसरमै आएर सकिएको थियो ।

    पहिलो चरणको र्याली सकिएपश्चात दोश्रो चरणको र्याली सुरु भएको थियो । दोश्रो चरणमा उवासंघ परिसरबाट पुलचोक, शहिदचोक, वेलचोक, धर्मचोक, यज्ञपूरी, टाईगरचोक, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, बोटेटोल, हुँदै भरतपुर महानगरपालिका २२ मा रहेको स्टोनपार्कमा पुगेर पुनः उवासंघ परिसरमै फर्किएको थियो ।

    स्टोनपार्क परिसरमा एक कार्यक्रमका बीच भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतो, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष एवम् चितवन महोत्सव प्रर्वद्धन समितिका संयोजक राजेन्द्र ओली, राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका संयोजक अपील घिमिरे, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुहरुले साइकल राइडर्सहरुलाई स्वागतसहित सम्मान गरेका थिए । सो अवसरमा आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि साइकलबाट नै यात्रा गरेका १२ जना अग्रजहरुलाई सम्मान समेत गरिएको थियो ।

    सो कार्यक्रममा बोल्दै उवासंघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवले सम्पूर्ण चितवनबासीलाई अपनत्वको आभाष दिलाउँदै भव्यताका साथ सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग रहि आएको र आगामि दिनमा पनि रहिरहने विश्वास व्यक्त गरे ।

    चितवन साइकल राइडर्स क्लबले महोत्सवको प्रर्वद्धनमा पुर्याउँदै आइरहेको योगदानको लागि धन्यवाद दिँदै ओलीले आगामि दिनमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरे ।

    १५ औं संस्करण चितवन महोत्सव यही पुष २५ देखि माघ १० गतेसम्म नारायणगढस्थित नारायणी नदी किनारमा आयोजना हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.