सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यसवर्ष चितवन महोत्सव १५ दिन चल्ने,पुस २५ गतेदेखि माघ १० गतेसम्म बिबिध कार्यक्रम


  •    न्युजभित्तो/२१ पुष २०८१, आईतवार १२:०२ 
  • चितवन, २१ पुस । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको चितवन महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइने भएको छ । यही पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सवमा पर्यटनलाई केन्द्रबिन्दुमा राखेर विभिन्न गतिविधि सञ्चालन गर्न लागिएको हो । नारायणी नदी किनारमा गर्न लागिएको महोत्सवमा जिल्लालाई विविधता र समृद्धिको भूमिका रुपमा विकास गर्ने लक्ष्य राखिएको  छ ।  महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले महोत्सव परिसरमा चितवनको विविधताको प्रतिनिधित्व गर्ने खालका कृत्रिम पार्क निर्माण गरिने बताउनुभयो ।

    यहाँका पर्यटकीयस्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवस्थलदेखि जिल्लाका विभिन्न पर्यटकीयस्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्ने तयारी गरिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्वमा छुटको व्यवस्थासमेत गरिएको श्रेष्ठले बताउनुभयो ।

    अघिल्ला महोत्सवमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको हो । यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन कसरी सकिन्छ रु भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्नेगरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखेका हौँ ।”

    अघिल्ला वर्षमा १० दिनमात्रै गर्दै आइएको महोत्सव यसपटक पाँच दिन थप गरेर १५ दिन पु¥याइएको छ । यस महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको छ । महोत्सवमा स्थानीय उत्पादनसहित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता हुने उहाँले बताउनुभयो ।

    यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिने तयारी गरिएको छ । सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न सङ्घसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहने महोत्सवमा बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नेगरी भरतपुर महानगरपालिकाको समन्वयमा रोजगार परिसर राखिनेछ ।

    पन्ध्र दिनसम्म चल्ने महोत्सवमा आन्तरिक र बाह्य पर्यटकसहित पाँच लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । चितवन महोत्सव विसं २०५३ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.