सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापान जाने तयारीमा थिइन् गेस्ट हाउसमा मृत भेटिएकी सुस्मिता, सँगै बसेका युवक फरार


  •    न्युजभित्तो/१८ पुष २०८१, बिहीबार १६:५८ 
  • काठमाडौं, १८ पुस । काठमाडौँको पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा मृत फेला परेकी युवतीको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। गेस्ट हाउसमा युवतीको हत्या गरेर सँगै बसेका युवक ढोकामा बाहिरबाट चाबी लगाएर फरार भएको प्रहरीको प्रहरीको आशंका छ। उनको पहिचान भइसकेको र खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ।

    मृतक युवती काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिकाकी २२ वर्षीया सुस्मिता खड्का हुन्। उनी जापान जाने तयारीमा रहेको परिवारले प्रहरीलाई जानकारी दिएका छन्। उनीहरू बौद्धमा बस्थे। गेस्ट हाउसमा सँगै बसेका युवकको पनि प्रहरीले पहिचान गरिसकेको जनाएको छ।

    प्रहरीले संकलन गरेको विवरणअनुसार, ती युवक केही समयअघि मात्रै जापानबाट फर्किएका हुन्। उनी बिहीबार नै जापान फर्किने तयारीमा थिए। उनीहरू नयाँ वर्षको अघिल्लो दिन गेस्ट हाउसको कोठा नम्बर ३०८ मा बसेका थिए।

    बुधबार दिउँसो ढोका नखुलेपछि गेस्ट हाउसका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा फोडेर हेर्दा युवती मृत भेटिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ। आफन्तले प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.