सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीलङ्कामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरेः संरक्षण गर्नुपर्ने विज्ञको सुझाव


  •    न्युजभित्तो/१० पुष २०८१, बुधबार १२:३३ 
  • काठमाडौँ, १० पुस । श्रीलङ्कामा विद्युतीय तारले करेन्ट लागेर यो वर्ष अहिलेसम्म ५० वटा जङ्गली हात्ती मरेका छन् । श्रीलङ्कामा मानव हात्तीबीचको द्वन्द्व बढ्दै गएको अवस्थामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरेका सिलोन विद्युत् बोर्ड ९सीईबी० ले जनाएको छ ।

    देशको जैविक विविधतामा महत्त्वपूर्ण मानिएका जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने जोखिम अत्यधिक बढेको सीईबीले उल्लेख गरेको छ । सीईबीले यस्तो अवैध काम रोक्न प्रयास गरिरहेको छ । तर जङ्गली हात्तीहरूको संरक्षणका लागि नागरिकको सहयोग अपरिहार्य रहेको सीईबीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

    अघिल्लो वर्ष सन् २०२३ मा श्रीलङ्कामा ९० वटा जङ्गली हात्ती मरेको तथ्याङ्क छ । त्यहाँको वन्यजन्तु संरक्षण विभागले मानव–हात्ती द्वन्द्व प्रभावित क्षेत्रमा बासिन्दाले सुरक्षाका लागि विद्युतीय तार बिछ्याउने गरेका कारण हात्ती मरेको बताएको छ ।

    विभागले जङ्गली हात्ती लक्षित गरेर विद्युतीय तार र जाल राख्ने तथा गुणस्तरहीन विद्युतीय तार जडान गर्नेहरूलाई कारबाही समेत गर्ने निर्णय गरेको छ ।

    वातावरण तथा वन्यजन्तु संरक्षणको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएकी परराष्ट्रमन्त्री विजिथा हेरथले बाली तथा वन्यजन्तुको क्षति हुन नदिनेमा जोड दिँदै मानव र जङ्गली हात्ती दुवैको संरक्षण गर्नुपर्ने बताउनुभयो । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.