सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक’


  •    न्युजभित्तो/७ पुष २०८१, आईतवार ११:४० 
  • काठमाडौँ, ७ पुस । शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकामा चिकित्सकहरुले जोडदिनुभएको छ । विश्व ध्यान दिवसका अवसरमा कैलाशकुट सामाजिक अभियानले शनिबार काठमाडौँको हाँडीगाउँमा आयोजना गरेको स्वस्थ जीनशैली र तनाव व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि कार्यक्रमका वक्ताहरुले तनाव व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

    शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभागका प्रमुख डा सरोजप्रसाद ओझाले स्वस्थ जीवनका लागि योग र ध्यानलाई स्वभावका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । स्वस्थ जीवनशैली भनेको आहार, विश्राम र व्यायाम भएको उल्लेख गर्दै उहाँले शरीरलाई सक्रिय र मनलाई शान्त राख्नुपर्ने बताउनुभयो । डा ओझाले तनावलाई दिमागमा राखिराख्दा दीर्घरोग उब्जने भएकाले तनावको छिटो र सहज व्यवस्थान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    मनोचिकित्सक डा सरोज शाक्यले शरीर र मनमा नकारात्मक प्रभाव पार्ने विषयमा संयम अपनाउन सुझाव दिँदै तनाव व्यवस्थापनले दीर्घरोगबाट बचाउने बताउनुभयो । उहाँले तनावको व्यवस्थापन र स्वस्थ जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने बताउनुभयो ।

    काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जीवनलाई सार्थक बनाउन स्वास्थ महत्त्वपूर्ण पक्ष भएकाले वडामा स्वास्थ प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले स्वास्थ, शिक्षा र वडाको संस्कृति एवं सम्पदाको संरक्षणमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो ।

    कैलाशकुट सामाजिक अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले रोग लागेपछि उपचार गर्नेभन्दा पनि रोगै लाग्न नदिनका लागि स्वास्थसम्बन्धी चेतनामूलक कार्यक्रममा जोड दिइएको बताउनुभयो । अभियानले संस्कृति, सम्पदा र स्वास्थ प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.