सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागत नजिक पुग्यो अण्डाको मूल्य, ठूलो अण्डा क्रेटको पाँच सय


  •    न्युजभित्तो/४ पुष २०८१, बिहीबार १९:१८ 
  • चितवन, ४ पुस । अण्डाको मूल्य लागत नजिक पुगेको छ । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शुक्रबारदेखि लागत मूल्यको हाराहारी पुुग्न लागेको हो ।

    शुक्रबारदेखि लागु हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ५०० र मझौलाको रु ४८५ कायम गरिएको छ । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलब ५६ पैंसा पर्न आउँछ । यससँगै खुुद्रा उपभोक्ता प्रतिगोटाल २२.५० हुनेछ ।

    नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार अण्डको मूल्य लागत नजिक पुगेको हो । पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको मूल्यमा क्रमशः बृद्धि हुँदै गएको छ ।

    यस अघि अण्डाको मूल्य उच्च दरमा हुँदा प्रति क्रेट रु ५०५ सम्म पुगेर क्रमशः घटेको थियो । उहाँले भन्नुभयो “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश वढ्ने देखिन्छ ।” अहिले अण्डाको मूल्य बढ्न थालेको उहाँले बताउनुभयो । अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् । लागत मूल्य नजिक अण्डा बिक्री गर्न पाएपछि किसान खुसी भएका हुन् । अहिलै दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।

    पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताउनुभयो । नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएको कुखुरापालक किसान त्रिलोचन कँडेलले बताउनुभयो ।

    अण्डा फर्मबाट होलसेलर, डिलर, खुद्रा बिक्रेता र उपभोक्तासम्म पुग्दा केही महंगो देखिएपनि फार्म किसानले भने लागत मूल्य नजिक मात्रै मूल्य पाउँछन् । गत वर्षपनि पुस महिनामा चार पटक अण्डाको मूल्य बृद्धि भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.