सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच वर्ष अघि नै १२ कक्षा पास भएका विद्यार्थी मौका परीक्षाको फारम भर्न पुगेपछि…


  •    न्युजभित्तो/२ पुष २०८१, मंगलवार ११:२१ 
  • काठमाडौं, २ पुस । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले २०५६ सालदेखि २०७७ सालसम्मको अवधीमा कक्षा ११ र १२ को परीक्षामा अनुत्तीर्णरअनुपस्थित वा अक्षराङ्कन पद्धतिमा ग्रेड नल्याएका विद्यार्थीका लागि आगामी पुस १९ गतेसम्म मौका परीक्षाका लागि आवेदन दिन भनेको छ । बोर्डले फारम भर्न छुटेका विद्यार्थीलाई पुस १२ गतेभित्र रकम दाखिला गरिसक्न पनि भनेको छ ।

    सोही मौका परीक्षाबारे बुझ्न अघिल्लो साता बोर्डको कार्यालयमा झापाका एक विद्यार्थी पुगे । उनी विगत पाँच वर्षदेखि आफू अनुत्तीर्ण विद्यार्थीको सूचिमा छु भन्नेमै थिए ।

    जब बोर्डको केन्द्रीय कार्यालय सानोठिमीमा पुगे, त्यसपछि मात्रै थाहा भयो–उनी पास भइसकेका रहेछन् । उनको रजिस्ट्रेसन नम्बरबाट विवरण हेर्दा त ०७६ सालमै उत्तीर्ण भएको खुल्यो । परीक्षा बोर्डका उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार, ती विद्यार्थीलाई विद्यालयले नै अनुत्तीर्ण भनेको रहेछ ।

    बोर्डका अधिकारीले पास भएको खबर दिएपछि आश्चर्यचकित मात्रै भएनन्, केहीबेर भावविह्वल पनि बने । ‘पास भएको थाहा पाउँदा उहाँ ९विद्यार्थी० खुसीले धुरुधुरु रुनुभयो,’ उपनियन्त्रक घिमिरेले भने, ‘पाँच वर्षमा धेरै अवसर गुम्यो भनेर चिन्ता पनि गर्नुभएको थियो ।’

    विद्यालयकै कमजोरीले नै उनको नतिजामा त्रुटि भएको उपनियन्त्रक घिमिरेको भनाइ छ । ‘विद्यालयको मात्र भर परेछन् । बोर्डको वेबसाइटमा नतिजा हेरेको भए उत्तीर्ण भएको थाहा हुने थियो,’ उनले भने ।

    ती विद्यार्थी झापाका भएपनि व्यक्तिगत विवरणबारे घिमिरेले थप सोधखोज गरेनन् । उनको विवरण पनि राखेनन् । ‘उहाँको नाम र पढेको विद्यालय थाहा छैन । व्यक्तिगत कुरा सोध्न मिलेन,’ घिमिरे भन्छन्, ‘पास भएको थाहा पाएपछि ट्रान्सक्रिप्ट विराटनगरबाट झिक्न मिल्ने भएकाले यहाँबाट जानुभयो ।’

    उपनियन्त्रक घिमिरेका अनुसार मौका परीक्षाको फारम भर्न आएका अन्य चाररपाँच जना विद्यार्थी पहिल्यै उत्तीर्ण भएको भेटिएको छ । ‘कोही परीक्षा दिएर विदेश जानुभयो । पास फेल भएको थाहा पाउनु भएन । विद्यालयले पनि थाहा दिएन । अहिले मौका परीक्षाको फारम भर्न आउँदा पास भएको भेटिएको छ,’ उनले भने ।

    अनुत्तीर्ण भएका विद्यार्थीले एकपटक मौका परीक्षाको व्यवस्था गर्न निवेदन दिएपछि बोर्डले मौका परीक्षाको निर्णय गरेको हो । ‘१२ पास नहुँदा अवसरबाट बञ्चित भयौं भनेर विद्यार्थीले निवेदन दिनुभएको थियो । निवेदन दिनेलाई मात्र परीक्षा गराउन मिलेन । त्यसैले २०५६ देखि २०७७ सम्म उनुत्तीर्ण भएका सबै विद्यार्थीको लागि खुला गरिएको हो,’ उपनियन्त्रक घिमिरेले भने ।

    उनका अनुसार यो अवधिमा अनुत्तीर्ण भएका विद्यार्थीको संख्या १४ लाख हाराहारी छ । अहिले परीक्षाको लागि विद्यार्थीहरूले फारम भर्न शुल्क बुझाइरहेका छन् ।

    आइतबार दिउँसोसम्म अनलाइनबाट मात्र १९ हजार ४ सय विद्यार्थीले परीक्षाको लागि शुल्क बुझाएका छन् । सम्बन्धित विद्यालयमा कति विद्यार्थीले फारमका लागि शुल्क बुझाए भन्ने तथ्यांक आएको छैन । विद्यालयले हार्डकपी बुझाएपछि मात्र यकिन तथ्यांक आउने उपनियन्त्रक घिमिरेले बताए ।

    बोर्डले परीक्षा फारमको शुल्क १ हजार तोकेको छ । यदि ११ र १२ दुवैमा अनुत्तीर्ण भएको विद्यार्थीले भने २ हजार शुल्क तिर्नुपर्नेछ ।

    विद्यार्थीले फारमको शुल्क अनलाइन वा सम्बन्धित विद्यालयमा गएर पनि बुझाउन सक्ने व्यवस्था मिलाइएको छ ।

    बोर्डका अनुसार फारम अनलाइनबाट डाउनलोड गरी भरेर विद्यालयमा बुझाउन सकिने छ । इन्टरनेट नभएको ठाउँ भएमा सम्बन्धित विद्यालयमा गएर फारम भर्न पाइने उपनियन्त्रक घिमिरेले बताए ।

    कुन विषयमा अनुत्तीर्ण भएको हो सो थाहा नभएमा त्यसको विवरण पनि बोर्डले उपलब्ध गराउने छ । ‘११ र १२ मा कुन विषयमा अनुत्तीर्ण भएको थाहा नभएमा बोर्डले विद्यालयलाई उपलब्ध गराउँछ । रजिस्ट्रेसन नम्बरबाट बोर्डको वेबसाइटबाट पनि हेर्न सकिन्छ,’ उपनियन्त्रक घिमिरेले भने । अनलाइनखबरबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.