सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामपुर नगरक्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा कम


  •    न्युजभित्तो/२१ मंसिर २०८१, शुक्रबार ११:२१ 
  • रामपुर (पाल्पा), २१ मंसिर । यहाँको खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कम रहेको पाइएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कम हुँदा उत्पादकत्व घट्ने कृषि प्राविधिक बताउँछन् ।

    रामपुरमा बिहीबार भएको माटो परीक्षण शिविरमा परीक्षण गरिएको अधिकांश माटोमा फस्फोरस र पोटासको मात्रा कम भेटिएपछि किसानलाई माटोको उर्वराशक्ति बढाउन सुझाव दिइएको छ ।

    रामपुर नगरपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा नगरका १० वटै वडाबाट नमूनाका रूपमा माटो परीक्षण भएको छ । जाँच गरिएका माटोमध्ये धेरैमा फस्फोरस र पोटासको मात्रा कम पाइएको छ ।

    परीक्षणका लागि ल्याइएको ८२ स्थानका माटोका नमूनामध्ये शिविरमा ४० वटाको नमूना परीक्षण गरिएकामा नाइट्रोजनको मात्रा तटस्थ, फस्फोरस र पोटासको मात्रा भने कम देखिएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक रविन बुढाले बताउनुभयो ।
    शिविरमार्फत आफ्नै गाउँठाउँमा माटो परीक्षण गर्न पाउँदा किसानलाई धेरै राहत मिलेको अगुवा किसान दिलबहादुर थापा बताउनुहुन्छ । उहाँले बेलाबेलामा आयोजना हुने यस्ता शिविरले आफ्नो खेतबारीको माटोको अवस्था कस्तो छ, उत्पादन घट्न नदिन ध्यान दिनुपर्ने कुराबारे धेरै जानकारी हुने बताउनुभयो ।

    खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कमी हुँदा उत्पादकत्व घट्ने, माटो बिग्रने हुँदा माटोलाई आवश्यक पर्ने तत्वको मात्रा मिलाएर प्रयोग गर्न किसानलाई सुझाव दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउनुहुन्छ ।

    “रामपुर क्षेत्रका किसानले आफ्नो खेतबारीको माटो परीक्षण गर्न चासो कम देखाउने गर्नुभएको छ, नगरपालिका कार्यालयले पूर्वसूचना जारी गरे पनि परीक्षणका लागि ल्याउने कम हुनुुहुन्छ, नियमित रूपमा खेतीयोग्य जमिनको माटो परीक्षण गराउने बानी किसानमा अझै बसेको छैन”, उहाँले भन्नुभयो ।

    यसअघि नमूना सङ्कलन गरेर पोखरा तथा बाँकेको खजुरा प्रयोगशालामा लैजानुपर्दा किसानलाई समस्या थियो । जिल्लास्थित हाल कृषि ज्ञान केन्द्रमा माटो परीक्षण व्यवस्था भएको छ ।केन्द्रले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर बेलाबेलामा शिविरमार्फत माटो परीक्षण गरिरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.