सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कम्बोडियामा १३ जना गर्भवती फिलिपिनो महिलालाई जेल सजाय


  •    न्युजभित्तो/१९ मंसिर २०८१, बुधबार ११:३६ 
  • कम्बोडिया, १९ मंसिर । कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई सरोगेट आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ ।

    यी १३ महिला सेप्टेम्बरमा कन्दाल प्रान्तका प्रहरीले पक्राउ गरेका २४ विदेशी महिलामध्ये थिए । उनीहरूलाई सीमापार मानव बेचबिखनको प्रयास गरेको अभियोग पनि लगाइएको बीबीसीले जनाएको छ ।

    अदालतले पैसाको सट्टामा कुनै तेस्रो व्यक्तिलाई बेच्न बच्चा जन्माउने कामलाई मानव बेचबिखनसँग जोडेको छ । अदालतदे बच्चाहरू र उनीहरुको भविष्यबारे कुनै प्रतिक्रिया दिएको छैन । गर्भवती नभएका अन्य सात जना फिलिपिनो र चार जना भियतनामी महिलालाई कम्बोडियाबाट निर्वासित गरिएको खबरमा उल्लेख छ ।

    सन् २०१६ मा कम्बोडियाले व्यावसायिक सरोगेसीमाथि अचानक प्रतिबन्ध लगाएको थियो । तर चीनले एक–बच्चा नीति खुकुलो पारेपछि व्यावसायिक सरोगेसीको माग अझै उच्च भएर कम्बोडियाका एजेन्सीहरूले यो सेवा दिइरहेका छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.