सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राइनोजलाई हौसला प्रदान गर्न भरतपुरकी मेयर दाहाल टियु मैदानमा


  •    न्युजभित्तो/१७ मंसिर २०८१, सोमबार १६:५५ 
  • चितवन, १७ मंसिर । भरतपुर महानगरपालिकाले विकास निर्माणसंगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आइरहेको छ । महानगर प्रमुख रेनु दाहाल आफै खेलकुदका गतिविधिमा सक्रिय भएर लाग्नु हुन्छ । महानगरले खेलकुदको विकासका लागि ग्रासरुट प्रतियोगिता आयोजना गर्नेदेखि खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने गरेको छ । महानगर प्रमुख दाहाल खेलाडीलाई हौसला प्रदान गर्न आफै मैदानमा समेत पुग्ने गर्नुभएको छ ।

    अहिले बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाले नेपाल क्रिकेटमय बनेको छ । यही प्रतियोगितामा सहभागिता जनाएको एउटा फ्रेन्चाईज टिम हो चितवन राइनोज । सोमबार चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजसंग खेल्न महानगर प्रमुख दाहाल खेलाडीलाई हौसला प्रदान गर्न आफै मैदानमा पुग्नुभयो । जर्सी तथा मस्कट सार्वजनिक कार्यक्रममा चितवन राइनोजको अभिभावकत्व महानगरले ग्रहण गर्ने घोषणा गर्नुभएकी मेयर दाहाल हौसला प्रदान गर्न टियु अन्तर्राष्ट्रिय मैदानमा पुग्नु भएको हो । एउटा टिमलाई हौसला प्रदान गर्न महानगर प्रमुख आफै उपस्थिति हुनु सकरात्मक कदम हो ।

    ‘जिल्लाको टिमलाई हौसला प्रदान गर्न मैदानमा पुगेकी हुँ, चितवन राइनोजको युनिटी देखेर निकै खुशी छु, नतिजा पनि सकरात्मक आउँदा झनै उत्साहित छु’–प्रमुख दाहालले भन्नुभयो । उहाँले क्रिकेटलगायत खेल क्षेत्रलाई महानगरले सदैवमा प्राथमिकतामा राख्दै आएको भन्दै क्रिकेटको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।
    महानगरले क्रिकेट खेलकै लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ ।

    धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक अभावले काम अगाडि बढाउन नसकेपछि महानगरले स्वामित्व ग्रहण गरेर बागमति प्रदेश र संघीय सरकारको सहकार्यमा क्रिकेट रंगशालालाई अगाडि बढाउँदै लगेको छ । खेल क्षेत्रलाई माया गर्ने भएरै मेयर दाहालले रंगशाला बनाउन सक्रिय भएर लाग्नु भएको छ । महानगर प्रमुख दाहालसंगै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया पनि टियु मैदान पुग्नु भएको थियो । क्रिकेटलाइ माया गरेर मैदानमा मेयर पुग्ने निकै सकरात्मक कदम भएको संघका अध्यक्ष पियाले बताउनुभयो । ‘क्रिकेटप्रति उहाँको छुट्टै लगाव छ, रंगशाला बनाउने काम होस् वा खेलाडीलाई हौसला प्रदान गर्न आफै मैदानमा उपस्थित हुनुले ठूलो अर्थ राख्छ’–अध्यक्ष पियाले भन्नुभयो ।

    चितवन राइनोजले प्रतियोगितामा विजयी सुरुवात समेत गरेको छ । सोमबारको पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो । चितवनले अब दोस्रो खेलमा भोलि ९मंगलबार० पोखरा एभेन्जर्ससंग दिउँसो खेल्दैछ । चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको फ्रेन्चाईज टिम हो । आयुष न्यौपाने अध्यक्ष रहेको चितवन राइनोजले क्रिकेट विकासका लागि आफ्नै अभ्यास नेट समेत निर्माण गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.