सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारद्वारा उखुको मूल्य निर्धारण


  •    न्युजभित्तो/१४ मंसिर २०८१, शुक्रबार १६:४४ 
  • महोत्तरी, १४ मंसिर । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ ।

    यसैबीच, आम रूपमा वस्तुमा बढेको मूल्यवृद्धिको अनुपातसम्म नमिलाएर अहिले उखुको मूल्यमा गरिएको मूल्य वृद्धिले किसानमा निराशा बढाएको उखु उत्पादक किसान सङ्घ महोत्तरीले जनाएको छ ।

    मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा प्रक्रिया नअपनाइएको सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो ।

    “पहिलेदेखि उखुको मूल्य निर्धारण गर्दा तीनैपक्ष (सरकार, चिनी उत्पादक र किसानका प्रतिनिधि) हुनपर्ने सैद्धान्तिक सहमति भए पनि यस पटक उखु उत्पादक किसान महासङ्घ र उखु उत्पादक किसान सङ्घका प्रतिनिधिलाई सहभागी गराइएको छैन”, कुशवाहाले भन्नुभयो, “किसानसँग छलफल नगरी गरिएको मूल्य निर्धारण न्यायोचित हुन सकेन ।” आम वस्तुमा भएको मूल्यवृद्धि अनुसार उखु किसानले पनि पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    “नेपाल राष्ट्र बैंकले आम रूपमा १५ प्रतिशत मूल्यवृद्धिको तथ्याङ्क देखाएको छ, उखुमा पनि सोहीअनुसार बढाउनु पर्छ”, कुशवाहाले भन्नुभयो । चारदिन पहिले मात्र उखु उत्पादक किसानको छाता सङ्गठन उखु उत्पादक महासङ्घले आयोजना गरेको छलफलमा सरकारलाई यस वर्ष गतवर्षको तुलनामा १५ प्रतिशत मूल्य वृद्धि गरीदिन अनुरोध गरिएको भन्दै सुनुवाइ नभएको उहाँको भनाइ छ ।

    यसअघि गत वर्ष सरकारले उखुमा रु ७० प्रतिक्विन्टल अनुदान दिएको थियो । यस वर्षको अनुदानबारे अझै निर्णय नभएको महासङ्घका अध्यक्ष कुशवाहाले बताउनुभयो । उहाँका अनुसार १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य रु छ सय ६९ प्रतिक्विन्टल पर्दछ ।

    जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजमा कहिले उखु क्रसिङ थालिने यकिन नहुँदा खुट्टीउखु ९दोस्रो वर्षको उखुबाली० काटेर हिउँदेबाली लगाउन नपाइने चिन्तामा किसान छन् ।

    “चिनी मिल कहिले सञ्चालन हुने थाहा छैन । खुट्टीउखु काटेर हिउँदे बाली लगाउन नपाउने चिन्ता लाग्न थालेको छ”, भङ्गाहा–४ का किसान अरुण गिरीले भन्नुभयो । क्रसिङ ढिलो हुँदा खुट्टीउखु काटेर अर्को बाली लगाउने समयसीमा नाघेँको उहाँको भनाइ छ ।

    यस वर्ष जिल्लामा कूल नौ हजार बिघामा उखुखेती गरिएकोध्ये करिब चार हजार बिघामा खुट्टी रहेको सङघका अध्यक्ष कुशवाहाले बताउनुभयो । सरकारले मूल्यबारे पुनर्विचार गरी दिनुपर्ने र उद्योगले चाँडै क्रसिङ थाल्नुपर्ने किसान बताउँछन् ।

    यसैबीच एभरेष्ट चिनी उद्योगले यस वर्षको उखुको क्रसिङ मङ्सिर अन्तिम सातादेखि सुरु गर्ने तयारी गरेको छ । उद्योगमा यही मङ्सिर २० गते डोङा पूजापछि उद्योग सञ्चालन गर्ने जनाउँदै पूजाको तयारी भइरहेको उद्योगका प्रशासकीय प्रबन्धक सुरेन्द्र शुक्लाले बताउनभयो । “डोङा पूजा क्रसिङ खोल्न प्रत्येक साल गरिने अनुष्ठान हो । यो पूजा सकेपछि क्रसिङ थालिने छ”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.