सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुघाखोकी लागेका बच्चाको उपचारको क्रममा मृत्यु, चितवन मेडिकल कलेज दिनभर तनाबग्रस्त


  •    /१४ बैशाख २०७६, शनिबार १८:४८ 
  • अस्पतालले बच्चाको शवसमेत बेपत्ता पारेको आरोप

    भरतपुर । सामान्य रुघाखोकी लागेर उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएका बच्चाको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएका बच्चाको मृत्यु भएपछि शबसमेत बेपत्ता पारिएको परिवारले आरोप लगाएका छन् ।

    गएको चैत ३० गते सामान्य रुघाखोकी लागेर उपचारका लागि लगिएका रत्ननगर–१५ बस्ने रुपेश घिमिरेका नौ महिनाका छोरा रुप्सन घिमिरेको मृत्यु भएपछि अस्पतालले शव बेपत्ता पारेको बाबु रुपेशले बताउनुभयो । अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका नाबालक रुप्सनको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको भन्दै आफुलाई राति १० बजे टेलिफोन गरी शब बुझ्न आउन बोलाइएको मृतक नाबालकका बाबु रुपेश घिमिरेले रुँदै बताउनुभयो ।

    घिमिरेको परिवार गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर–४, फुजेल घर भई चितवनको रत्ननगर– १५ मा बसोवास गर्दै आएको छ । मृतक नाबालकका बाबु रुपेशका अनुसार डाक्टर सन्तोष पाठकले बैशाख २ गते दिउँसो नाबालक रुप्सनलाई निको हुँदै गएकोले भोलिपल्ट ३ गते घर पठाइदिने बताएका थिए । तर सोही दिन साँझ ५ बजे ४५ मिनेट अगाडि नै तयार गरेर राखिएको इन्जेक्सर रुप्सनलाई लगाउँदै गर्दा तत्कालै उनका सबै अङ्गले काम गर्न छोडेर बेहोस बनेका बाबु रुपेशले बताउनुभयो ।

    ‘बच्चा बेहोस भएपछि छातीमा हातले पम्प गरे, मुटु अलिअलि चल्न थालेपछि भेन्टिलेटरमा लगे’ रुपेशले भने । डाक्टरले अस्पतालमा रहेका कुरुवालाई वैशाख १३ गते शुक्रबार दिउँसो ४ बजे रुप्सनको मृत्यु भएको बताएका थिए । त्यतिबेला आफु अस्पतालमा नरहेको र राति १० बजे आफुलाई अस्पतालबाट टेलिफोन गरी शब बुझ्न आउन भनिएको रुपेशले बताए । तर राति उनीहरु शब बुझ्न गएनन् ।

    शनिबार बिहान ७ बजे अस्पताल पुग्दा बच्चाको शव गायब बनाइएको मृतक बच्चाका बाबु रुपेशले बताए । अस्पताल प्रशासनले बच्चाको शव भरतपुर अस्पतालको शव गृहमा लगेर राखिएकोले त्यहीँबाटै शव बुझ्न भनेका रुपेशले बताए ।

    मृतक नाबालक रुप्सनका घरपरिवार तथा आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा भर्ना गरिएको बच्चाको शव अस्पतालाटै परिवारलाई दिन माग गर्दै प्रदर्शन गरेका छन् । चितवन मेडिकल कलेजले बच्चाका परिवारको अनुमति बिना भरतपुर अस्पतालको शव गृहमा बच्चाको शब पु¥याएको जानकारी परिवारलाई गराएकोमा परिवार र आफन्त आक्रोशित बनेका हुन् ।

    उपचारमा गम्भीर लापरवाही गरिएको र बच्चाको मृत्यु भएपछि बच्चाको शव बेपत्ता पारिएको भन्दै आक्रोशित परिवारजन तथा आफन्तले दिउँसो चितवन मेडिकल कलेजमा तोडफोडसमेत गरेका छन् । ढुङ्गा लागेर अस्तालको मूल ढोकाको शिशा फुटेको छ । अस्पतालमा तोडफोड भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सुरक्षाका लागि अस्पताल पुगेका थिए । मृतक बच्चाका परिवारजन तथा आफन्तले अस्पतालको लापरवाहीका विरुद्ध घण्टौँसम्म नाराबाजी गरेका थिए । अस्पताललाई सुरक्षाका लागि प्रहरीले घेरा हालेको छ ।

    उक्त घटनापछि अस्पताल प्रशासन, बच्चाका परिवार, आफन्त र मजदुर सङ्गठनका नेताहरुबीच वार्ता भएपनि निष्कर्ष निस्कन सकेन । अस्पतालले उपचारमा लागेको खर्च व्यहोर्ने बताएको र परिवारले अस्पतालले गम्भीर लापरवाही गरेकोले १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राखेको स्रोतले बताएको छ ।

    यस बारेमा पटक पटक बुझ्न खोज्दा चितवन मेडिकल कलेजको प्रशासन सम्पर्कमा आउन चाहेन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.