सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दक्षिण कोरियामा भारी हिमपातः १४० उडान रद्द, ४ जनाको मृत्यु


  •    न्युजभित्तो/१३ मंसिर २०८१, बिहीबार १४:४९ 
  • दक्षिण कोरिया, १३ मंसिर । दक्षिण कोरियामा बिहीबार दोस्रो दिन भारी हिमपात भएको छ। जसकारण दर्जनौं उडान रद्द भएका छन्। चिसोका कारण कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ।

    राजधानी सियोलको केही भागमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे ४० सेन्टिमिटर भन्दा बढी हिउँ जमिसकेको थियो। हिमपातका कारण १४० भन्दा बढी उडानहरू रद्द गरिए।

    बुधबारको राति दुई जनाको मृत्यु भएको थियो। सियोलका पूर्वी राजमार्गमा ट्राफिक दुर्घटना हुँदा कारण थप दुई जनाको मृत्यु भएको हो।

    ग्याङ्वोन प्रान्तको वोन्जुमा ५३ सवारी साधन एक आपासमा ठक्कर खाँदा ११ जना घाइते भए। हिमपातबाट सियोलको इन्चेन विमानस्थल सबैभन्दा बढी प्रभावित भएको छ। सियोल र आसपासका विद्यालयलाई बिहीबार विद्यालय बन्द गरिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.