सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म


  •    न्युजभित्तो/१० मंसिर २०८१, सोमबार १६:४८ 
  • चितवन, १० मंसिर । यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका धानको बीउ उत्पादन थालेको हो ।

    कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार राष्ट्रिय धानबाली अनुसन्धान कार्यालय धनुषाबाट प्रजनन बीउ ल्याएर मूल बीउ उत्पादन सुरु गरिएको हो । अघिल्लो आर्थिक वर्षमा मकवानपुर १ र बहुगुणी १ को बीउ उत्पादन गरिएको भए पनि यस वर्ष भने सावित्रीको मूल बीउ उत्पादन गरिएको उहाँले जानकारी दिनुभयो ।
    गत वर्ष ४० क्विन्टल बीउ उत्पादन भए पनि २० क्विन्टल मात्र बीउका लागि प्रयोग भएको थियो । उहाँले भन्नुभयो, “निजी क्षेत्रबाट धानको बीउ उत्पादन हुँदै आएको भए पनि प्रदेश सरकारका तर्फबाट यो पहिलो हो ।” गत वर्ष उत्पादित बीउमध्ये २० क्विन्टल बीउका लागि र २० क्विन्टल खाद्यान्नका लागि बिक्री भएको उहाँले बताउनुभयो ।

    क्षेत्रीले भन्नुभयो, “मकवानपुर १ धानको बीउको माग आयो तर बहुगुणीको माग आएन ।” अन्न बालीमा धानको बीउ राम्रो उत्पादन गरेर बिक्री वितरणका लागि तयार पार्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बीउ उत्पादनमा सहज र किसानले राम्रो बीउ पाउन सकून् भन्ने उद्देश्यका साथ बीउ उत्पादन थालिएको हो ।

    यहाँ उत्पादित बीउलाई आफूहरुले सहकारीलाई बिक्री गरेर एक वर्ष सहकारीले समेत बीउ उत्पादन गरेपछि मात्र किसानकामा बीउका रुपमा पुग्ने उहाँले जानकारी दिनुभयो । यस वर्ष कार्यालयले ६० क्विन्टल मूल बीउ उत्पादन हुने अनुमान गरिएको छ । यस कार्यालयले अहिले धानसँगै च्याउ र मेवाको बीउ तथा बिरुवा उत्पादन गर्न सुरु गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.