सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौँको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै


  •    न्युजभित्तो/९ मंसिर २०८१, आईतवार १६:१० 
  • काठमाडौँ, ९ मंसिर । काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको ‘शान्तिधाम’मा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् ।

    विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रिनारायणको मन्दिर निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका हुन् ।

    विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रिनारायण मन्दिरमा दैनिक एक हजार बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।

    यस्तै बिदाको दिनमा तीन हजारदेखि पाँच हजार आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्ने गरेको बृहत शान्तिधाम व्यवस्थापन समितिका अध्यक्ष श्रीराम थापाले जानकारी दिनुभयो । बिहान र बेलुका खुल्ने उक्त धाम मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बन्द हुँदै आएको छ । रु १५ करोडको लागतमा निर्माण सम्पन्न भएको बद्रिनारायणको मन्दिर द्राबिड शिखरशैलीमा निर्माण भएको हो । उक्त मन्दिर कलात्मक र सुन्दर छ ।

    विभिन्न क्षेत्रमा सत्सँग धार्मिक चेतना अभिवृद्धि गर्दै आएको शान्तिधाममा हिन्दू धर्मावलम्बीका दर्शनीय धार्मिकस्थल चारधाम निर्माण गर्ने उद्देश्य राखिएको बृहत शान्तिधाम नेपालका संस्थापक मठाधीश अनन्त श्रीविभूषित स्वामी चतुर्भुजाचार्य चूडामणि महाराजले बताउनुभयो ।

    “वार्षिक हजारौँ नेपाली करोडौँ रकम खर्च गरेर छिमेकीमूलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउनका लागि बृहत शान्तिधाम नेपाल स्थापना गरी विभिन्न मठमन्दिरसहितको धाम निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

    अहिले बद्रिनारायणधाम निर्माण भए पनि आगामी दिनमा रामेश्वरम धाम, द्वाराकाधीश धाम र जगन्नाथ धाम निर्माण गरिने मठाधीशको भनाइ छ । शान्तिधामभित्र सम्पन्न भएको बद्रिनारायण मन्दिर विसं २०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

    कूल १०० रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास, क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनालय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दरमुक्ति सरोवर निर्माण गरिएको यस शान्तिधाममा अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्ने गरेको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताउनुभयो । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा समेत मेला लाग्ने गरेको छ ।

    शान्तिधाममा दैनिक १०० भक्तजनलाई आवास तथा भोजन गर्नसक्ने क्षमता छ । शान्तिधाम परिसरमा निर्माण गर्न लागिएको भौतिक संरचनाका लागि आर्थिक अभाव रहेको अध्यक्ष थापाको भनाइ छ आन्तरिक तथा बाह्य पर्यटन विकास गर्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिधाममा दाताले सहयोग गर्ने क्रमसमेत बढ्दै गएको छ । सोही धाममा यही मङ्सिर १२ गते अन्नकुट महोत्सवसमेत हुन लागेको छ ।

    शान्तिधाम परिसरमा बन्न लागेको भौतिक संरचना निर्माणका लागि नगरपालिकाले समेत आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीले शान्तिधाम क्षेत्रको विकासका लागि नगरपालिकाले प्रत्येक वर्ष आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।

    उहाँले यस वर्ष पनि रामेश्वरम धाम निर्माणका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । शान्तिधामलाई पर्यटक गन्तव्यका रुपमा विकास गर्नका लागि नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ । शान्तिधाम काठमाडौँको नयाँ बसपार्कबाट सात किलोमिटर उत्तरमा पर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.