युवालाई मानव बेचबिखन तथा लागुऔषधि दुर्व्यसनी सम्बन्धी सचेतना
न्युजभित्तो/९ मंसिर २०८१, आईतवार १०:०५
दिव्यनगर (चितवन), ९ मंसिर । युवा माध्यामिक विद्यालयमा मानव वेचबिखन तथा लागु औषध दुर्व्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मुस्कान जीवन समूहको आयोजनामा गत शुक्रवार विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
“समाज सुधारका लागि युवाको सक्रियता” भन्ने नाराका साथ आयोजित कार्यक्रममा एक सय ९० बढी विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक मित्रप्रसाद चापागाईको अध्यक्षमा भएको कार्यक्रम संस्थाका सचिव विजय शर्माले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २६ का जनप्रतिनिधि सावित्री कोइराला ढकालले विद्यार्थीलाई लागुऔषध दुव्र्यसनी तथा कानुनी सचेतना सम्बन्धी ज्ञान दिंदा दुव्र्यसन न्यूनिकरण गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक जीबाखर ढकाल, वरिष्ठ शिक्षक रामनाथ घिमिरे, भरतपुर महानगरपालिका वडा नम्बर २६ बाल क्लबका संयोजक अनुष्का भेटवाल, संस्थाका अध्यक्ष घनश्याम ढकाल प्रेमलगायतले बोल्नु भएको थियो
सो अवसरमा संस्थालाई देउसी भैलोमा सहयोग गर्नुभएको दुई जना विद्यार्थी योसोधा सेवा र बिनिता क्षेत्रीलाई सम्मान गरिएको थियो ।
भरतपुर महानगर पालिका वडा नं २६ का प्रशासन प्रमुख तथा सचिव रामकृष्ण ढकाल र ईलाका प्रहरी कार्यालय चनौलीका प्रहरी सहायक निरीक्षक शंकरप्रसाद रिमालले प्रशिक्षण दिंदै लागुऔषध दुव्र्यसनमा लाग्नु हुने पारिवारिक, सामाजिक र कानुनी समस्याका बारेमा जानकारी दिनु भएको थियो । उहाँले लागुऔषधको लतमा लागेपछि छुटाउन कठिन हुने भन्दै सचेत भई यस्ता क्रियाकलापमा संलग्न हुन नहुने बताउनुभयो । उहाँले लागुऔषधको प्रयोग र ओसार पसार गर्नेलाई कडा कानुनी कारवाही हुने जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले कार्यक्रम अत्यन्तै सान्दर्भिक भएको भन्दै प्रशंसा गरेका थिए । सोही अवसरमा आकृति थापाको संयोजकत्वमा १३ सदस्यीय “मुस्कान लाईफ ग्रुप विद्यालय समन्वय समिति” समेत गठन गरिएको छ ।