सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माछाका भुराको माग उच्च


  •    न्युजभित्तो/७ मंसिर २०८१, शुक्रबार १४:१२ 
  • चितवन, ७ मंसिर । मत्स्यविकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा छ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ । कार्यालयले चालु आवमा चारदेखि सात दिनका छ करोड भुरा, एक महिनासम्मका ६५ लाख र दुई महिनादेखि तीन महिनाका छ लाख माछाका भुरा बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ ।

    केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार केन्द्रमा अहिले ४० लाख माछाका भुरा बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । उहाँले भन्नुभयो, “जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा बिक्रीवितरण हुँदै आएको छ । तर यहाँ आएर लैजानेको सङ्ख्या बढ्दो छ ।”

    निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपारसी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ, तनहुँ, कास्की र कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उहाँले बताउनुभयो ।

    गत वर्ष केन्द्रले चारदेखि सात दिनका माछाका भुरा सात करोड, एक महिनाका भुरा एक करोड दुईदेखि तीन महिनामा छ लाख बिक्री गरेको थियो । अहिले लक्ष्य थोरै राखे पनि गत वर्षको तुलनामा बढी माछाका भुरा बिक्री हुने उहाँले बताउनुभयो । नैनी र रघु जातका चारदेखि सातदिने भुरालाई एक लाखको रु दुई हजारमा र अन्य प्रजातिलाई रु दुई हजार पाँच सयमा बिक्री गर्दै आइएको दाहालले बताउनुभयो । एक महिनाका माछाका भुरालाई रु २५ पैसा र दुईदेखि तीन महिनाका भुरालाई ७५ पैसा प्रतिगोटामा बिक्री गरिएको छ ।

    केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खानयोग्य माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनी, सिल्भर कार्प, ग्रासकार्पका भुरा उत्पादन गरेर बिक्री गर्दै आएको छ । माछाका भुरा वर्षभरि नै बिक्रीवितरण गरिने गरेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै बिक्रीवितरण गर्ने गरेका छौँ ।” विसं २०२६ मा खाने माछा बिक्रीवितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार बिक्रीवितरण गर्न थालेको हो । अहिले माछाका भुराको माग बढ्दो क्रममा रहेको केन्द्रका प्रमुख दाहालले बताउनुभयो । उहाँका अनुसार केन्द्रले भुराको मागअनुसार लक्ष्य बढाउँदै लगेको छ । लक्ष्य बढाउनुपर्ने तर दक्ष कामदारको अभावमा सीमित कामदारबाट काम लगाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

    राज्यले भुरा उत्पादनलाई केन्द्रमा राखेर काम गर्नसके माछाको आयात कम हुने उहाँले जानकारी दिनुभयो । केन्द्रले गत आर्थिक वर्षमा भुरा बिक्रीवितरणबाट मात्रै रु ७६ लाख राजस्व सङ्कलन गरेको थियो । अहिले भुराको मागअनुसार राजस्व बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.