सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गरिमाको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदानमा ७८ जनाले दिए रगत


  •    न्युजभित्तो/७ मंसिर २०८१, शुक्रबार १३:२९ 
  • चितवन, ७ मंसिर । गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा आज नारायणगढमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बैंकको क्षेत्रीय कार्यालय जुनहल रोड नारायणगढमा आयोजित रक्तदान कार्यक्रममा आठ जना महिला सहित ७८ जनाले रगत दिएका हुन् ।

    बैंकका क्षेत्रीय प्रमुख कुमार गुरुङको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा जुन हल रोड टोल विकास संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठ, बैंकका संस्थापक शेयरधनीहरु अनन्दलाल चुके, पूर्णबहादुर कँडेल, डा.सूर्यकान्त घिमिरे, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी लगायतका अतिथिहरुको उपस्थिति थियो ।

    बैंकका नारायणगढ शाखा प्रमुख तोयानाथ अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।

    गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समयसमयमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यस बैंकले बि.सं. २०६४ कात्तिक १८ गते आफ्नो व्यावसायिक कारोबार सुरु गरेको थियो । राष्ट्रिय स्तरको विकास बैंक बनेको गरिमाका देशभर १२३ वटा शाखा र एक एक्सटेन्सन काउन्टरको सञ्जाल रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.